रौतहट ३१ वैशाख । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा प्रहरीको गस्ति प्रभावकारी नभएका कारण सवारी चोरीका घटना बढदै जान थालेको छ ।

एक हप्तामा चन्द्रनिगाहपुरमा २ वटा मोटर साईकल र एउटा ट्रेक्टर चोरी भएको छ । स्थानीयले प्रहरीको गस्ति प्रभावकारी नभएका कारण चोरीका घटना बढदै जान थालेको गुनासो गरेका छन् ।

गत बैशाख १४ गते चन्द्रनिगाहपुर स्थित सहिद पार्कबाट दिउसो १ बजेको समयमा ना ५१ प ८२५६ नम्बरको हिरोहोण्डा साईन मोटर साईकल चोरी भएको थियो । प्रहरीमा उजुरी दिदा समेत अहिले सम्म मोटर साईकल फेला नपरेको मोटर साईकल धनी हरी बहादुर क्षेत्रीले बताए । उनी सर्लाहीबाट चन्द्रपुरको सहिद पार्क घुम्न आउदा मोटर साईकल चोरी भएको थियो ।

गत सोमबार चन्द्रनिगाहपुरको मुख्य चोकबाट ना ६० प ५३५ नम्बरको पल्सर मोटर साईकल चोरी भएको थियो । सो मोटर साईकल समेत फेला नपरेको मोटर साईकल धनी डिभिजन वन कार्यलय रौतहटका रेन्जर विरबहादुर बम्जनले जानकारी दिए । साभार तराई एक्सप्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here