इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जावलाई सात विकेटले हराउँदै कोलकत्ता प्ले अफ नजिक पुगेको हो ।

शुक्रबार राति मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित हासिल गर्‍यो ।

कोलकत्ताका लागि शुभमन गिल र क्रिस लिनले सानदार प्रदर्शन गरे । गिलले अविजित ६५ रन बनाए । लिनले ४६ रन, आन्द्रे रसेल २४, रविन उथप्पाले २२, दिनेश कार्तिकले अविजित रन बनाए । बलिङमा पन्जाबका एन्ड्रयू टाई, मोहम्मद शामी र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले साम करेनको ५५, निकोलस पुरनले ४८ र मयंक अग्रवालको ३६ रनको मद्दतमा १८३ रन बनाएको थियो ।

जितसँगै कोलकत्ता १२ अंक सहित पाँचौं स्थानमा छ । कोलकत्ता र चौथो स्थानमा रहेको हैदरावाद दुवैको प्ले अफमा पुग्ने सम्भावना छ । पन्जाव बाहिरिएको छ । चेन्नई सपुर किंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स यसअघि प्ले अफमा प्रवेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here