रौतहट २० बैसाख //
चोरले समान चारीगर्न अनेक उपाय लगाएको हामीले देखेका छौ सुनेका छौ ।
चोरीगर्न सकेन भने फेरी कुनै नया उपाय सोचेर चोर्न आउने सकल्प पनि गर्न सक्छ । तर रौतहटको चन्द्रपुरमा यस्ता एकजना चोर रहेछन । चोरी गर्न जादा समान चोर्न सकेनन भने लिखितरुपमा नै माफ मागेर फर्कदा रहेछन ।
घटना हो बिहिवार रातिको चन्द्रपुर ४ गौर रोडमा रहेको होम डेकोर इलोक्ट्रोनिक्स तथा फर्निचरको शो रुममा समान चोर्न गएका चोरले माफी मागेर फर्किएका छन ।
सिसी क्यामराको फुटेज हेर्दा राति उनी पसल पछाडीको सटर फुटाउन तल्लीन छन । निकै बेर प्रयास गर्छन तर सक्दैनन । त्यस पछि सटरको ताल्चा काट्न थाल्छन । त्यो पनि सम्भव हुदैन । सटर फुटाउन वाल नजिकै खाल्टो बनाउछन तर पनि सटर फुटाउन सक्दैनन । फुटेज हेर्दा चोर हतास मुद्रामा तनावमा देखिन्छन । केही बेर यता उता गरेपछि उनले एउटा खाली कागजमा यस्तो लेखेर फर्किन्छन ।

“दाजु मलाइ माफ गरीदिनु म पनि मजबुरीले गरेको मलाइ माफ गरीदिनु होला”

चोरले लेखेर छाडेको कागज देखेपनि चन्द्रनिगाहपुरका स्थानिय पनि छक्क परेका छन । पछिल्ला दिनहरुमा चन्द्रपुरमा चोरीका घटनाहरु बढेका छन । प्रहरीले सकृयता वढाउनुपर्ने उनीहरुले माग गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here