रौतहट २० बैसाख //
रौतहटका उपमेयरहरुले आफुहरु मेयर बाट हेपिएको गुनासो गरेका छन ।
रौतहटको गौरमा शुक्रवार उपमेयर क्लव रौतहटले पत्रकार सम्मेलन गरी मेयरले उपमेयरलाइ कामगर्ने वातावरण नदिएको गुनासो गरेका छन ।
उपमेयर क्लवकी अध्यक्ष तथा गौर नपाकी उपमेयर किरण ठाकुरले मेयरहरुले प्रधानमन्त्री जस्तो सुबिधा लिदै आएकोे बताइन ।
कार्यक्रममा सहभागी उपमेयरहरुले मेयरले कामगर्न नदिएको आफुहरुले पाएको अधिकार प्रयोग गर्न नपाएको, महिला भनेर हेप्ने गरेको, बहुमतको आधारमा भन्दै उपमेयरलाइ बाइपास गर्ने गरेको गुनासो गरेका छन ।
उपमेयरहरुलाइ मेयरहरुले कर्मचारीलाइ जस्तो व्यवहार गर्दै आएको उपमेयर क्लवकी अध्यक्ष किरण ठाकुरले दुखेसो छ ।
जनताले मेयर उपमेयर दुवैलाइ मत दिएर जिताएको तर मेयरले बिकासको काममा आफुलाइ पछाडी पारेको यमुनामाइ गाउपालिकाको उपाध्यक्ष गितादेवी साहको गुनासो छ । आफुलाइ जानकारी नभएको योजनाको कागजमा हस्ताक्षर गर्न दवाव दिएको र नगर्ने अडान लिएपछि आफुलाइ अध्यक्ष ले गालीगौलज गर्दै कुट्न आइलागेको उपाध्यक्ष साहको भनाइ छ ।
फतुवा बिजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महत्तोले मेयरले उपमेयरहरु लाइ महिला भएकाले भेदभाव गर्ने गरेको महत्तोको गुनासो छ ।
कर्मचारीहरु, प्रशासकिय अधिकृतले नटेर्ने गरेको बौधीमाइ नपाकी उपमेयर प्रेमलता कुश्वाहले बताएकी छिन । उपमेयर लाइ सल्लाहकार नदिएको, कर्मचारीहरु नदिएकाले कामगर्न नसकेको उपमेयर कुश्वाहको दुखेसो छ ।
राज्यले उपमेयर लाइ काम गर्न अधिकार दिएपनि स्थानियतहमा कामगर्नका लागी साधनश्रोत र वातावरण नभएको गरुडा नपाकी उपमेयर रंगिला देवी जयसवालले बताइन ।
कामगर्ने क्षमता भएपनि बाताबरण नभएको जिल्लाभरका उपमेयरहरुको समस्या एउटै रहेको गढीमाइ नपाकी उपमेयर सुभद्रा गुप्ताले बताइन ।
योजनाको जानकारी नदिने हस्ताक्षर मात्रै गर्न दवाव दिन थालेपछि केही दिन देखी कार्यालय नै जान छाडेको दुर्गाभगवती गाउपालिका की उपाध्यक्ष मन्जु देवी बताउछीन ।

कटहरीया नपाकी उपमेयर नुरजाहा खातुनले महिला माथी भेदभाव भैरहेको र उपमेयरको अधिकार लाइ प्रयोग गर्न बाट बन्चित गराइरहेको बताएकी छिन ।
स्थानियतहको भष्टाचार रोकिनु पर्ने , महिलाको सम्मान हुनुपर्ने, उपमेयर तथा उपाध्यक्षहरुले सहजरुपमा काम गर्न पाउने बातावरण हुनुपर्ने माग उपमेयर क्लवको रहेको अध्यक्ष किरण ठाकुरले बताएकी छिन ।
कार्यक्रममा १८ स्थानिय तह मध्ये १२ तहका महिला उपमेयरहरु सहभागी भएर आ आफ्ना दुखेसोहरु राखेका थिए । रौतहट १७ स्थानिय तहमा महिला उपमेयर छन भने मौलापुर नपामा पुरुष उपमेयर छन ।
उममेयरहरुलाइ काम गर्ने वातावरण बनाउनका लागी सवैले साथ दिनुपर्ने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here