रौतहट १८ बैसाख//
चन्द्रनिगाहपुर बाट मंगलवार राति घर अगाडी पार्किङ्ग गरी राखेको नया टेक्टर चोरी भएको छ ।
रौतहटको चन्द्रपुर ४ स्थित घर अगाडी राखेको टेक्टर राति करीव १ बजेको समयमा चोरी भएको हो । सिसि क्यामराको फुटेज हेर्दा करीव एक बजेको समयमा केही व्यक्तिले टेक्टर चोरेको देखिएको छ । तर टेक्टर कुन दिशामा लगे भन्ने पत्ता लागेको छैन ।
हरीयो रंगको टेलर समेत भएको ना ७ त २१८९ नम्वरको टेक्टर हराएको टेक्टरधनी शिव पराजुलीले बताएका छन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले टेक्टरको खोजी गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here