रौतहट १५ बैसाख //

शनिवार रौतहटको राजपुरमा काग्रेसले आमसभाको आयोजना गरेको थियो । तर आयोजकले सोचे जस्तो न नेता आए न जनता सहभागी भए ।
पार्टीका तीन जना नेता सभापती शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा.शसाक कोइराला लाइ प्रमुख वक्ता राखिएको थियो ।
तर सो सभामा सभापती देउवा सहभागी भएनन । देउवा सहभागी नभएपछि नेता कार्यकर्ताहरु मा चर्चा चल्यो ।
पार्टी भित्रको चरम गुटको प्रभाव परेको अनुमान कार्यकर्ता माझमा पुग्यो ।
तीन जना नेता लाइ एउटै मन्चमा राखेर पार्टी एक छ भन्ने सन्देश दिनका लागी पनि यो सभा आयोजना गरीएको थियो तर त्यो सम्भव देखिएन, एक नेताले भने ।
सभामा देउवा मात्रै आएनन उनी निकटका जिल्ला तहका नेता कार्यकर्ता समेत गएनन । देउवा निकट मानिएन काग्रेस बाट जितेका मेयर हरु समेत गएनन ।
जिल्ला अध्यक्ष कृष्ण यादवले पार्टीको आधिकारीक कार्यक्रम नभएकाले नगएको प्रतिकृया दिए । जिल्ला समिती लाइ थाहा नै नदिइ कार्यक्रम गरेकाले नगएको उनको भनाइ थियो ।
कतिपय ले आमसभागर्ने समय नमिलेको बताए । धेरै मानिस कृषि कर्ममा ब्यस्त रहेको समयमा आमसभा राख्न नहुने बताए । चर्को गर्मीका कारण पनि आमसभामा सोचे अनुसार कानिस देखिएनन ।
मन्च व्यवस्थापनमा मात्रै १५ लाख भन्दा बढी खर्च गरीएको थियो । एकसय भन्दा बढी बसको व्यवस्था थियो । सयौ जीपहरु को व्यवस्था थियो ।
आयोजकले एक लाख मानिस सहभागी भएको दावी गरेको छ तर स्वतन्त्ररुपमा बिश्लेषण गर्नेहरुले करीव ५ हजार मानिस सहभागी भएको बताएका छन । कार्यक्रममा गएका बसहरु खाली जस्तै देखिन्थे ।
रौतहटमा पार्टी सभापती यादव र सांसद आलम बिच गुटको चरम विवाद छ ।
कतिपय नेता कार्यकर्ताहरुले तीन जना केन्द्रिय नेताहरुको फोटो भन्दा सांसद आलमले आफ्नो फोटो ठुलो राखेर व्यानरमा प्रचार गरेको प्रतिकृया दिएका छन । स्वागत द्धार, व्यानर र प्रचार सामाग्रीमा काग्रेसका स्वर्गिय नेताहरुको फोटो त्यसपछि सभापती देउवा , बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला को फोटोहरु राखिएका थिए ।
केही महिना अघि नेकपाले रौतहटको गरुडामा आमसभा गरेर पार्टीका शिर्ष नेताहरु सहभागी गराइ मधेशमा शक्ति प्रर्दशन गरेपछि नेपाली काग्रेसले पनि रौतहटमा आमसभाको आयोजना तयारी गरेको थियो ।
सभापती देउवा आउने पक्का भएपछि काठमाण्डौ सिमराको प्लेनको टिकट व्यवस्था गरीएको थियो । शनिवार बिहान सम्म टिकट रद्ध गरीएको थिएन ।
कार्यक्रमका वक्ताहरुले पार्टी एक भएर जानुपर्ने बताए । पार्टी एक नहुदा कमजोर हुने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here