सप्तरी १५ वैशाख । सप्तरीमा गहुँ भित्र्याउन बिहानै खेत पुगेका एक किसानको चट्याङ लागेर मृत्यु भएको छ।

बोदे बर्साइन नगरपालिका–८ सोनापुरका ६० वर्षीय मोहन साहको आइतबार खेतमा गहुँको बोझा बाँध्न गएका बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी काचनले जनाएको हो।

साहको शवलाई पोष्टमार्टमका लागि लहान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रीता पौडेलले बताइन् । साभार अन्नपुर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here