दाङ १५ वैशाख । दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो ।

दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहर कार्यालय तुल्सीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here