रौतहट १५ बैसाख /
यमुनामाई गाउँपालिकाको अध्यक्षले उपाध्यक्षलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

यमुनामाई गाउँपालिकाको उपाध्यक्ष गिता देवी साहले आईतवार झुनखुनवा स्थित आफनै निवासमा गाउँपालिकामा भईरहेको अनियमितता सम्बन्धि पत्रकार सम्मेलन गरी भ्रष्ट्राचार बिरुद्ध बोल्दा गाँउपालिका प्रमुख श्रीप्रसाद मुखियाले कुटपिट गर्न खोजेको बताएकी छिन ।
अध्यक्ष श्रीप्रकाश मुखिया सहितका दुई जना वडाध्यक्षहरुको भनेको योजनामा हस्ताक्षर गर्न दवाव दिन थालेको तर आफू त्यस अनुसार हस्ताक्षर नगर्ने भन्दा अभद्र व्यवहार गरी कुट्न थप्पड उठाई झम्टीएको आरोप लगाएकी हुन् ।
१३ गते शुक्रवारको दिन “सुकदेव चोक देखि राधेश्याम साहको घर सम्म सरसफाई र मिक्स ग्रावेलको कार्य” भन्ने शिर्षकको योजनामा बलजफती हस्ताक्षर गराउन अध्यक्ष मुखिया, वडाध्यक्षद्धय नन्दलाल यादव र रहमत राँकीले दबाव दिएपछि सो योजना वारे कुनै जानकारी नभएको तथा स्थलगत रुपमा अनुगमन गरेपछि मात्रै सही गर्ने भन्दा गाली गर्दै अध्यक्ष मुखियाले थप्पड उठाएर कुट्न झम्टिएको भन्दै पत्रकार सम्मेलनमा दुखेसो पोखिन ।
आर्थिक बर्ष २०७५/०७६ को बजेट के कतिको छ भन्ने अहिले सम्म आफूलाई जानकारी समेत नदिएको, विना सहमती कार्यपालिकाको वैठक बसेर काम गरेको, प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा आफूलाई वाइपास गरेर उनको आरोप रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here