रौतहट १३ बैसाख /
चन्द्रपुर १ बागमतीमा ट्राफिक प्रहरी बिटका लागी दुइ कोठे भवन थप गर्न लागिएको छ ।
शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिजय श्रेष्ठ र चन्द्रपुर १ का वडा अध्यक्ष बिरु रखालले भवनको शिलान्यास गरेका छन ।
ट्राफिक बिट बागमतीका इन्चार्ज प्रहरी साहयक निरिक्षक ठाकुर भट्टराईको पहलमा सर्वपक्षिय निर्णय गरी दुइ कोठे भवन निमार्ण गर्न लागिएको हो ।



भवन निमार्णको लागी सर्वपक्षिय समितीका अध्यक्ष राजेश्वर महत्तो रहेका छन । समितीमा ११ सदस्य छन । केही बर्ष अघि स्थानियकै सकृयतामा ट्राफिक प्रहरीको लागी दुइकोठे पक्की भवन निमार्ण गरीएको थियो । अहिले त्यसै भवनमा दुइ कोठा थप गर्न लागिएको समितीका अध्यक्ष महत्तोले जानकारी दिएका छन ।
बागमती क्षेत्रमा प्रसनी भट्टराईको राजमार्गमा सकृयता रहेको स्थानियले बताएका छन । दुर्घटना न्यनिकरणका लागी उनी सकृय रहेको र दुइ कोठाको भवन अपुग भएकाले दुइ कोठा थप गर्न लागिएको स्थानियको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here