रौतहट ५ बैसाख//
सर्लाहीको बरथवाबाट काठमाण्डौ जादै गरेको बस र पुर्व बाट पस्चिम आउदै गरेको मिनी बस रौतहटको चन्द्रपुर नपा स्थित चादीपुल नजिकै ठोक्किएको छ ।

बिहिवार करीव साढे सात बजे दुर्घटना भएको हो । राजमार्गमा बस ठोक्किएपछि केही बेर सवारी आवागमन बन्द भएको थियो ।
बस ठोक्किदा ना ४ ख ६७८८ नम्वरको मिनी बसका यात्रुहरु घाइते भएका छन ।
एकै दिशा बाट आउदै गरेको बस ठोक्किएको हो । काठमाण्डौ जादै गरेको ना ५ ख १५१४ नम्वरको बस अगाडी आएर एक्कसी गति कम गरीदिएकाले मिनी बस ठोक्किएको चालकले बताएका छन ।
घाइतेहरुको चन्द्रनिगाहपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here