रौतहट ४ चैत्र //
प्रदेश २ अन्तर्गतका सप्तरी , सिरहा र पर्साका बिभिन्न स्थानमा आगलागी भएको छ ।
मंगलवार दिउँसो र बुधबार राति भएको आगलागी बाट लाखौका धनमाल जलेका छन ।
सप्तरी, राजबिराज नपा ४ स्थित नेटा चोकमा रहेको बिनोद शाहको ईटाको गारो र टिनको छाना भएको ६ कोठे घरमा अचानक बुधबार राति आगलागी हुँदा ४ वटा पसलका सामान जलेका छन ।
करिव २४ लाख १० हजार बारावरको धनमाल क्षति भएको जिल्ल प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भवनाथ देबको कपडा पसल मा १४ लाख , मनोज साह को होटल २ लाख ५० हजार र र सन्तोष साहको होटल जल्दा ६ लाख, बिनोद साहको मोवाईल मर्मत केन्द्रमा करिव १ लाख ६० हजार को क्षेती भएको छ ।
छिमेकी बिनोद साहको घरमा समेत आगो लाग्दा करिव १३ लाख बरावरको क्षति भएको छ ।
सिरहाको गोलबजार नपा १२ स्थित बेतौनामा नरहा गाउँपालिकाका फुल कुमार मण्डलले संचालन गरेको शिवानि फर्निचर उद्योगमा बिद्युतको तार सर्ट भई मंगलवार आगलागी हुदा उद्योग र उद्योग भित्र बनाई राखेको फर्निचरका जलेका छन । करिव १० लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएको छ ।
पर्साको वीरगंज महानगरपालिका १० अशोकबाटीका स्थित हरेन्द्र साहले संचालन गरेको शिवरानी आईसक्रिम उद्योगमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा उद्योग भित्र रहेका फ्रिज, पानी तान्ने मोटर, आईसक्रिम बनाउने कच्चा पदार्थ र फर्निचरका सामानहरु जल्दा १ लाख ५ हजार को धनमाल क्षेती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here