सर्लाही २ बैसाख /
बैसाख १ गते जीप दुर्घटनामा परेर निधन भएका सर्लाही जिल्लाका नेकपाका नेता चिरन्जीवी पोखरेलको बागमती घाटमा अन्तेष्टि गरीएको छ ।
५२ बर्षिय पोखरेल सदरमुकाम मंलगवा बाट आउदै गर्दा सलेमपुरमा दुर्घटनामा परेका थिए । उनको अन्तेष्टिमा सोमवार सयौको सख्यामा आफन्त , शुभचिन्तक तथा नेकपाका नेता कार्यकर्ताहरु बागमती घाटमा उपस्थित थिए ।

सहकारी आन्दोलनका अभियान्ता , बिभिन्न सामाजीक सघसस्थाका अगुवा समेत रहेका पोखरेल तत्कालिन शंकरपुर गाबिसका उपाध्यक्ष समेत थिए । बागमती नपा ८ घर भएका पोखरेल २० बर्ष अघि देखि तत्कालिन नेकपा एमाले पार्टीको राजनीतीमा सकृय थिए । उनी सर्लाही जिल्लामा लोकप्रिय नेताको सुचीमा पर्दथे ।
उनको निधनको शोकमा नेकपा सर्लाहीले तीन दिन सम्म पार्टीको झण्डा झुकाउने, अपौचारीक कार्यक्रमहरु नगर्ने र १३ औ दिनको तिथीमा शोक सभा गर्ने निर्णय गरेको नेकपाको एकता कार्यदलका सदस्य रेवती पन्तले जनाएका छन ।
नेकपा सर्लाहीले बिज्ञप्ती निकालि दुर्घटनामा घाइते भएकाहरुको उचित उपचार र शिध्र स्वास्थ्य लाभको कामना गरेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here