रौतहट २ बैसाख //
मोटरसाईकल चोरी गरीरहेको अवस्थामा प्रहरीले रौतहटमा दुइजना लाइ पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएको प्रहरी टोलीले कटहरिया ५ रामजानकी मठ नजिक बाट भाग्दैगरेको अवस्थामा चोर हरु पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कटहरिया ३ बिर्ति प्रस्टोका टोलका २३ बर्षका का बलिराम यादव र कटहरिया ५ बजार टोलका २५ बर्षका राजन साह सोनार रहेको प्रहरी नायव निरिक्षक कृष्ण बस्नेतले बताएका छन ।

कटहरिया ५ स्थित बिजय साह सोनारको घर अगाडी राखिएको ना ५१प ७२९० नम्बरको १५० सिसीको पल्सर मोटरसाईकलको लक भाँचेर लैजादै गर्दा प्रहरीले दुुबैजना लाई पक्राउ गरेको हो ।

पछिल्लो समय जिल्ला सदमुकाम गौर,गरुडा,कटहरिया लगायतका बजारहरु बाट दर्जनौ मोटरसाईकल हराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here