रौतहट २८ चैत्र //
नयाँ शैक्षिक सत्रको शुरुवात सँगै अनुमती बिना का बोर्डिंग स्कूलहरुले अभिभावक ठग्न शुरु गरेका छन । दर्ता बिनाका अवैध रुपमा संचालनमा रहेका निजी विद्यालयहरुलाई नियमन गर्न सकिएको छैन ।
त्यस्ता बिधालयहरुले भर्ना अभियान शुरु गरेका छन ।
गत वर्ष मात्रै खोलिएका एक दर्जन भन्दा बढी बोर्डिंग स्कूलले अनुमति नै नलिएका कक्षामा समेत विद्यार्थी भर्ना लिइरहेका छन ।
कक्षा दुई सम्मको मात्र अनुमति भए पनि ८ कक्षा सम्म संचालन गरिरहेका छन । शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एक को मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान रहेको छ । यसरी अनुमति नै नपाएका र १, २ कक्षा सम्मको मात्रै अनुमति पाएका विद्यालयले सो भन्दा माथिको कक्षामा विद्यार्थी भर्ना गरि रहेका छन ।
गौर नपा भित्र मात्रै एकदर्जन निजी स्कुलहरु अनुमती बिना नै संचालनमा छन ।
गत वर्ष पनि सूचना मात्रै प्रकाशित गरेको गौर नगरपालिकाले यस वर्ष पनि गैरकानूनी शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ विपरीत अवैध रुपमा सँचालनमा रहेका यस्ता विद्यालयहरुलाइ कारवाही गरिने गौर नगरपालिका मेयर अजय गुप्ताले बताएका छन ।
जिल्लामा संचालनमा रहेका त्यस्ता बिधालयहरु लाइ नियमन गर्न र कार्वाही गर्न सम्वन्धित निकायलाइ अभिभावकहरुले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here