२५ बर्ष अघि तिमि आउछौ भन्ने सम्झिएको भए, ति दारीवालाहरुको झोला बोक्दीन थे होला ।
सरी छोरी तिमिले दुःखमा हुर्कनु पर्ने भो !
जवानीमा संसार एउटै हो भन्ने कुरामा नपुगेको भए, आज देश भित्र नया राजा रजौटा र श्री ३ हरु देख्नु पर्दैन थ्यो होला । घरमा गरीवी छ, तिमिलाइ खेलौना छैनन । सरी, छोरी तिमीले दुखमा हुर्कनु पर्ने भो !चुनावमा आफ्नो नेता जीताउन कजेजको परिक्षा छोड्ने म,धेरै जसो दिनमा घर छेउको पसल देख्दा तिमी लाइ सम्झन्छुचकलेट किन्न खल्ती छाम्छु, पार्टीको पर्चाहरु भेटाउछु ।सरी, छोरी तिमीले दुखमा हुर्कनु पर्ने भो !छिमेकी अंकल लाहुर बाट आए, तिमी लाइ अनी अरु केटाकेटी लाइ क्याटबरी बाढे ।तिमी तोते बोलीमा सोध्छौ, बाबा तपाइ कहिले लाहुर जाने ? मनमनै उत्तर दिन्छु , अरव जाने उमेर सकियो छोरी । सरी, तिमीले दुखमा हुर्कनु पर्ने भो !ऋण छ, बजारमा चर्चा छ , कोही कोही हास्छन ।सिद्धान्त बेच्नेहरुको दोकान चलेको देख्छु !आगन छिर्ने बेलामा म तिम्रो खेलौना बेच्ने पसल सम्झन्छु ।मन मनै भन्छु, तिमी आउछौ भन्ने सम्झीएको भए ……/सरी, छोरी तिमिले दुखमा हुर्कनु पर्ने भो ! ——– बाबुराम दाहाल —–चन्द्रपुर ४ रौतहट