काठमाडौं, ७ चैत अर्थमन्त्री डा. युवराज खतिवडासँग स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागर संग शिष्टाचार भेट गरेका छन ।

अर्थ मन्त्रालयमा बिहिवार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पु¥याएको सहयोग प्रति धन्यवाद दिएका छन भेटमा थप सहयोगका क्षेत्रहरु बारे छलफल समेत भएको थियो । विशेषगरी, यातायात तथा शुरुङ्ग मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले धारणा व्यक्त गरेका छन । नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह उनले गरे बैठकमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गर्दै नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरेको छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here