रौतहट ४ फागुन रौतहटको जयनगरमा फर्निचर मेला शुरु भएको छ । श्रीपन्चमीको अवसरमा फर्निचर तथा फलामे कृषि औजारका सामानको मेला तथा प्रर्दशनी शुरु भएको हो ।

मेलामा बिभिन्न प्रजातीको काठबाट बनाइएका दराज,कुर्सी ,पलङ्ग ,टेवल, झ्याल ,ढोका, खाट लगाएत काठका सवै प्रकारका फर्निचरका समानहरु बिक्रीका लागी राखिएका छन । ५० बर्ष भन्दा अघि देखी रौतहटको शिवनगरमा लाग्दै आएको उक्त मेला २०६४ सालबाट जयनगर चौकमा लाग्न शुरु भएको हो । मेलामा रौतहट जिल्ला भित्रका तथा बारा, सर्लाही जिल्लाका एकसयभन्दा बढी फर्निचर बनाउने पेशामा लागेकाहरुले आफुले बनाएका फर्निचरहरु बिक्रीका लागी ल्याएका छन । बिराटनगर, बिरगज, जनकपुर, बिरजग, हेटौडा लगाएतका बजारहरु बाट तथा भारत बिभिन्न स्थान बाट समान खरीद गर्न मानिस आउने गरेको नेपाल बिश्वकर्मा मेला समितीले जनाएको छ । श्रीपन्चमी देखी शुरु भएको फर्निचर मेला रामनवमी सम्म रहने छ । मेला समितीका सचिव बिरेन्द्र यादव ले जयनगरमा लाग्दै आएको मेलाले गाउमा वेरोजगारी कम गर्दै आएको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here