अभिनेत्री नम्रता श्रेष्ठ पहिलो एक्सन सिनेमा ुजाइराुले भदौ ६ लाई आफ्नो रिलिज मिति तोकेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलिज हुनेछ ।

सिनेमाले एक महिलाले लिएको प्रतिशोधको कथा पेस गर्छ। चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमन दास श्रेष्ठसहित नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ । नवअभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रूपमा रहेकी छन् । नवअभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । नम्रताले ‘जाइरा’का लागि लामो कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् । एक्सन प्रधान ‘जाइरा’ लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको प्रस्तुतकर्तामा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालि रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको सिनेमालाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् । कल्याण सिंह, डीजे राजु र टम्ब्लिविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द र कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here