त्यो हजुर बुबाआमाको हसिलो मुहार
यो व्यभिचार, भ्रष्टाचार र वलात्कार
खाडी जाने गाडी पर्खिरहेको यूवा
सकुसल फर्कने आंसमा वसिरहेको वुवा,
रोजगारीको लागी १८ घण्टा खानीमा पस्नुपर्ने
हत्यारा पत्ता लगाउ भन्दै अनशन बस्नुपर्ने,
महोदय,
एक युगमा एक दिन एक पटक कहिले आउछ ?
सम्वृद्धीको किरणले हाम्रो वस्ती कहिले छाउछ ?
युद्धका घाईतेका खाडल परेको घाउ कहिले भर्छौ ?
डुंगामा प्वाल पार्दै नदी पारि कहिले तर्छौ !
१० वर्ष की छोरीको प्रश्न, बाबा सबै पार्टी उस्तै हो ?
विन्ती छ, कामरेड यो प्रश्नको उतर मैले कहिले दिने !
- बाबुराम दाहाल // चन्द्रपुर ४ ,रौतहट