केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।

फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो । त्यसको केही बेरमा नै आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो । एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए । एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ । इथियोपिया एयरलाइन्स अफ्रिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्समा पर्दछ । यसअघि, सन् २०१८ अक्टोबर २९ मा यही मोडलको इन्डोनेसियाको लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here