रौतहट २२ फागुन रौतहटको बृन्दाबन नगरपालिकाले खरिद गरेको औषधीमा अनियमितता भएको भन्दै बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुखले स्टोरमा तालाबन्दि गरेका छन ।

नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादबले स्वास्थ्य चौकीमा स्टोर दाखिला गराउन खोजेपछि औषधीमा अनियमितता भएको रहश्य खुलेको हो । नगरपालिकाकाको स्वास्थ्य फाँटका प्रमुख यादबे दश लाखको औषधी भन्दै स्टोर दाखिला गर्न दबाब दिएसंगै औषधी गणना गर्दा एक लाखको मात्र औषधी रहेको पाइएपछि अनियमितताको रहश्य खुलेको हो । नगरपालिकाले खरिद गरेको भनिएको औषधीमा नेपाल सरकार द्धारा बितरण हुने निशुल्क औषधी समेत समाबेश गरेको पाइएको छ । निशुल्क बितरण गरिने औषधीमा आर एल, सिटामोल, डायजिन, एमोक्कसिसिलिन, मेट्रोन लगायत दश प्रकार भन्दा बढि औषधी समाबेश गरिएको खुल्न आएको छ । औषधीमा अनियमितता हुनु जनप्रतिनिधिहरुको गैर जिम्मेबारीपुर्ण कार्य भएको भन्दै स्थानीय आक्रोशित बनेका छन । बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादबले कम परिणामको औषधी ल्याएर बढि परिणामको भन्दै स्टोर दाखिला गर्न भनेपछि आफुले नमानेको बताएका छन । सो नगरपालिका पाँच वटा स्वास्थ्य चौकी रहेको छ । ग्रामिण क्षेत्रका यस्ता स्वास्थ्य चौकी बिपन्न बर्गका बासिन्दाको एक मात्र सहारा भएकाले यस्ता स्वास्थ्य चौकीमा हुने आर्थीक अनियमिततामा जनप्रतिनिधिहरुको समेत संलग्नता हुने गरेको आशका रहेको छ । नगरपालिकाका स्वास्थ्य फाँटका प्रमुख यादवले आफुले नगरपालिकाले खरिद गरेको औषधी दाखिला गर्न मात्र खोजेको बताएका छन । सो स्वास्थ्य चौकीमा संचालन हुदै आएको प्रसुती सेबा समेत चार महिना देखि बन्द रहेको छ । प्रसुती सम्बन्धि एसबीए तालिम प्राप्त नर्स सो नगरपालिका अन्र्तगतका बिभिन्न स्वास्थ्य चौकीमा तीन जना कार्यरत रहेपनि प्रसुती सेबा संचालन हुदै आएको एक मात्र सो स्वास्थ्य चौकीमा नखटाइएका कारण सेबा बन्द भएको जनाइएको छ । ##फोटो// बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुखले स्टोरमा तालाबन्दि गर्दै /

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here