भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वार्थमानलाई पाकिस्तानले ‘शान्तिको सन्देश’ स्वरुप शुक्रबार वागाह–अतारी चेकपोष्टमार्फत रिहा गर्ने हिन्दुस्तान टाइम्सले बताएको छ । पाकिस्तानको सीमा क्षेत्र उल्लंघन गरेको भन्दै उनलाई दुई दिनअघि पक्राउ गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहिबार विंग कमान्डर अभिनन्दन वार्थमानलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका थिए । बुधबार बिहान ३५ वर्षे विंग कमान्डरले ःष्न्९द्दज्ञ उडाइरहेका थिए । भारतीय मिडियाले उनले चलाएको विमानले पाकिस्तानको ँ९ज्ञट जेट खसालेको दाबी गर्छ । उनलाई रावलपिन्डीबाट लाहोरसम्म पाकिस्तानी अधिकारीले ल्याउनेछन् र जेनेभा सन्धीको नियम अनुसार इन्टरनेशनल कमिटी अफ रेड क्रस (आइसिआरसी) लाई सुरुमा सुम्पिइनेछ । त्यसपछि मात्र उनलाई चेकपोस्टमा हस्तान्तरण गरिनेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here