रौतहट ४ फागुन रौतहटको चन्द्रपुर अस्पताल प्रालि ले अत्याधुनिक भिडियो एक्सरे मेशिन ल्याएको छ ।

प्रदेश नम्वर दुइ मा नै यस्तो भिडियो मेशिन अहिले सम्म चन्द्रपुर अस्पताल प्रालिमा मात्रै भएको अस्पतालको दावी छ । अत्याधुनिक प्रबिधीको फोर डी भिडियो एक्सरे मेशिन बाट सेवाग्रही लाइ सेवा दिन थालिएको चन्द्रपुर अस्पताल प्रालीले जनाएको छ । यो मेशिन ले बिशेषत गर्भवती महिलाहरु लाइ बढी लाभ पुग्ने छ । पेट भित्र बच्चा कस्तो अवस्थामा छ । बच्चाको अङ्गहरुको बिकास कस्तो छ भनेर पेट भित्रको बच्चाको रगिन चित्र स्क्रिनमा हेर्न सकिन्छ । बच्चाको मुटुको अवस्था समेत हेर्न सकिने चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवास कुमार चौधरीले जानकारी दिएका छन । बच्चा अपाङ्गता रहे, नरहेको समेत हेर्न सकिने छ । यो भिडियो एक्सरे बाट मध्य तराइका सेवाग्रहीहरु ले फाइदा लिन सक्ने अस्पतालले जनाएको छ । रौतहटमा निजी क्षेत्रमा खुलेको सुबिधा सम्पन्न चन्द्रपुर अस्पताल प्रालीमा बिभिन्न रोगका बिशेषज्ञहरु डाक्टरहरुले बिरामीहरुलाइ सेवा दिदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here