रौतहट २८ फागुन रौतहटको चन्द्रपुर ४ स्थित स्वंयसेवीका सुमा सुवेदी कुष्ठरोगबारे जानकारी दिन घरदैलोमा छीन ।

रोग लागेपछिको अवस्था र त्यसका लक्षणबारेमा जानकारी दिदै उनी घरघर पुग्ने गरेकी छिन । रोग लागेपछिको अवस्था, लक्षणहरू र यसबाट बच्नुपर्ने उपायबारे घरघर पुगेर जानकारी दिने गरेको स्वयमसेविका सुवेदीले बताइन । चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक अभय ठाकुरले १० वटा वडाको घररघर पुगेर स्थानीयसित रोगबारे सोधपुछ गरिएको बताएका छन  । एक वडामा ८ जना स्वयमसेविकाहरु खटाइएको छ । चन्द्रपुर नगरमा पुराना १३ र नयाँ ७ जना रोगी छन । रोगी खोज्ने र रोगको बारेमा जानकारी दिन घरदैलो गरीएकोर संयोजक ठाकुरले बताए । विश्व स्वास्थ्य संगठनले नेपालेमा सन २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here