रौतहट २४ फागुन अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रपुर नपाले सन्तपुरमा महिलाहरुका लागी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

चन्द्रपुर अस्पताल प्राली तथा चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टरहरुले नगरपालिकाले ८ नम्वर वडाको सन्तपुर स्थित स्वास्थ्य चौकीमा शुक्रवार शिविर संचालन गरेका थिए । चन्द्रपुर अस्पतालका डा.सुभास कुमार चौधरी र चन्द्रनिगाहपुर सरकारी अस्पतालका डा.अभिनन्दन श्रीवास्तवले बिरामीहरुको जाच गरेका थिए । भने जर्मन बाट नेपाल आएकी डा.क्यारीना ल्याग ले समेत महिलाको स्वास्थ्य जाच गरेकी थिइन । १७ बर्ष देखी ७५ बर्ष सम्मका शिविरमा आएका महिलाको जाचगर्दा धेरै जसोमा आङ्ग खस्ने तथा योनी बाट सेतोपानी बग्ने समस्याका बिरामी भेटीएको डा. सुभास चौधरीले जानकारी दिएका छन । शिविरमा दुइसय भन्दा बढी महिलाले स्वास्थ्य जाच गराएका छन । महिलाहरुले शिविरमा पाठेघरको मुखमा लाग्ने क्यान्सरको समेत जाच गराएको डा. अभिनन्दन श्रीवास्तवले बताए । महिला दिवसमा भाषण गर्ने कार्यक्रम भन्दा सेवामुखी कार्यक्रम गर्ने उदेश्यले बिपन्न बर्गको बसोवास रहेको वडामा स्वास्थ्य शिविर राखिएको चन्द्रपुर नपाका कार्यकारी अधिकृत ऋद्धि प्रकास सिटौलाले बताएका छन ।

शिविरको उद्घाटन कार्यक्रममा संसदको बिकास तथा प्रबिधी समिती सभापती कल्याणी खड्का, मेयर रामचन्द्र चौधरी , उपमेयर रमरती चौधरी,वडा अध्यक्ष पासर चौधरी, बिष्णु उप्रेती लगाएत जनप्रतिनिधी हरु नगरपालिकाका कर्मचारीहरु को उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here