logo
22 Feb 2019   |   
समाज

७५ हजार घुससहित जेलर पक्राउ



समाज   28 पटक पढिएको        
काठमाडौँ १० फागुन । एकजना चौकीदारसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर पक्राउ परेका छन् ।

७५ हजार घुससहित जेलर पक्राउ


भीमफेदी गाँउपालिका-६ स्थित कारागार कार्यालयका जेलर तथा शाखा अधिकृत मदन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उक्त घुससहित पक्राउ गरेको हो । अधिकारीले चौकीदारसँग रकम नदिए अन्य कारागारमा सरूवा गरिदिने भन्दै घुस लिएका थिए । यो सूचना पाएपछि हेटौँडास्थित अख्तियारको टोलीले अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित उनको निवासबाटै पक्राउ गरी हिरासतमा लिएको काठमाडौँस्थित अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए । साभार अन्नपुर्ण





थप समाचारहरु





2492778 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top