logo
22 Feb 2019   |   
मनोरञ्जन

शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्



मनोरञ्जन   38 पटक पढिएको        
काठमाडौं ०८ फागुन । अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो ।

शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्


शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ । सुहाना अब हुर्किसकेकी छिन् । अब उनी खुलेर प्रेम र रोमान्सको कुरा गर्ने भइसकेकी छिन् । हालैमात्र सुहानालाई सोधियो, ‘कुन अभिनेतासँग तपाईं डेट गर्न चाहनुहुन्छ रु’ शाहरुख-गौरीकी यी ग्ल्यामरस छोरीको जवाफ यस्तो थियो । उनले दक्षिण कोरियन पप सिंगर, अभिनेता, गीतकार एवं मोडल किम जुम म्यानको तस्वीर शेयर गर्दै लेखिन्, ‘उनीसँग ।’ सुहानासँग इन्स्टाग्राम च्याट सेशनको क्रममा यस्तो प्रश्न सोधिएको थियो । सुहाना पनि कोरियाका युवतीहरु जस्तै किम जुन म्यानका डाइहार्ट फ्यान हुन् । उनी एक स्टेज र्फममेन्सबाट निकै चर्चामा आएका थिए । भनिहालौं, सुहाना यतिबेला लन्डनमा बसेर पठनपाठन गरिरहेकी छिन् । उनी त्यहाँको विद्यालयमा मञ्चन भइरहेको नाटक रोमियो जुलियटमा जुलियटको भूमिका निर्वाह गरिरहेकी छिन् । शाहरुख पनि आफ्ना छोरीको नाटक हेर्न लन्डन पुगेका थिए । साभार अनलाईन खबर





थप समाचारहरु





2492659 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top