logo
20 Mar 2019   |   
खेलकुद

मेस्सीको ५१ औं ह्याट्रिक पूरा



खेलकुद   29 पटक पढिएको        
स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अर्को सानदार प्रदर्शन गरेका छन् ।

मेस्सीको ५१ औं ह्याट्रिक पूरा


बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ४–१ गोलले पराजित गर्दा मेस्सीले ५१ औं ह्याट्रिक पूरा गरे । खेलको १८ औ मिनेटमा फ्री किकमार्फत उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाएका मेसीले पहिलो हाफको अतिरिक्त समयमा एक गोल थपे । पहिलो हाफमै २-० को अग्रता बनाएको बार्सिलोनाका लागि ६३ औं मिनेटमा स्वारेजले गोल गरे । त्यसपछि मेसीले ८५ औं मिनेटमा व्यक्तिगत तेस्रो र टोलीका लागि चौथो गोल गरी ह्याट्रिक गर्न सफल भए । रियल बेटिसका लागि गार्सियाले ८२ औ मिनेटमा गरेका एक गोल सान्त्वना गोल बन्यो । यस जितसँगै बार्सिलोनाले २८ खेलबाट ६६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ अंक छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको यस सिजनमा पनि उपाधि यात्रा सहज बन्दै गएको छ । ला लिगाको यस सिजनमा २० जित निकालेको बार्सिलोनाले २ खेलमा हार व्यहोर्दा ६ मा बराबरी खेलेको छ ।









2660954 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top