logo
24 Jan 2019   |   
अर्थ / व्यापार

उपभोक्ता ठग्‍ने पेट्रोल पम्प कारबाहीमा



अर्थ / व्यापार   34 पटक पढिएको   कलमपाटी     
काठमाडौं ९ माघ । इन्धन दिने डिस्पेन्सरको पल्सर र सेन्सरको सिल तोड्ने पेट्रोल पम्पमा सिल गरिएकोे छ। मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपाटी फिउल सेन्टरमा नेपाल गुणस्तर तथा नापतौल विभागले सिल लगाएको हो।

उपभोक्ता ठग्‍ने पेट्रोल पम्प कारबाहीमा


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ती दुवै पम्पका सञ्चालकले उपभोक्तालाई निर्धारित परिमाणभन्दा कम इन्धन बिक्री गर्ने नियत राखी पल्सर र सेन्सर युनिटको सिल तोडेर आफैले नक्कली सिल प्रयोग गरेका थिए। ‘ती दुवै पम्पमा सिलबन्दी तथा कारोबार रोक्का गरी थप कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ’, पुडासैनीले भने।

विभागका अनुसार प्रति १० लिटरमा ५० मिलिलिटर कम इन्धन बिक्री गरेको र सिल बिगारेको अभियोगमा बाराको सिमरोनगढस्थित कृष्ण आयल स्टोर, प्रति १० लिटरमा सय मिलिलिटर कम बिक्री गर्ने बाराकै तेलकुवास्थित सोनु आयल र पम्पको सिल बिगारेको अभियोगमा बाराकै आयुष आयल स्टोरको पनि कारोबारमा रोक लगाइएको छ।

कम परिमाण दिएर उपभोक्ता ठगेको आरोपमा बाराको कलैयास्थित विजय आयल स्टोर, मोहमद आयल स्टोर, शिवशंकर ट्रेडर्स, हरिओम आयल, जयकिशन आयल र सिमराको बाबा आयल स्टोरलाई पनि कारबाही गरिएको छ। साभार अन्नपुर्ण









2309121 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top