logo
24 Jan 2019   |   
मनोरञ्जन

बलिउडका यी ५ अभिनेत्रीको सबैभन्दा बढी अफेयर्स को–को सँग ?



मनोरञ्जन   43 पटक पढिएको   कलमपाटी     
बलिउड फिल्ममा प्रेम, रिलेशनसिप र ब्रेकअप जसरी देख्न सकिन्छ । त्यस्तै सेलिब्रेटीको रियल जीवनमा पनि हुने गरेका छन् । अभिनेत्री हुन् वा अभिनेता, एकभन्दा बढीसँग प्रेम र रोमान्स उनीहरुको लागि सामान्य कुरो हो । बलिउडमा केही कलाकार यस्ता पनि छन् । जसको रिलेशनसिपमा पनि रेकर्ड बनेको छ ।

बलिउडका यी ५ अभिनेत्रीको सबैभन्दा बढी अफेयर्स को–को सँग ?


आज बलिउडका ती ५ अभिनेत्रीको चर्चा गर्न खोजेका छौं । जसको अफेयर्स एकभन्दा बढी ब्यक्तिसँग चल्यो ।

कंगना रनौत

बलिउडकी क्वीन कंगना अभिनय करियर सुरु हुनु पहिले नै आदित्य पञ्चोलीसँगको रिलेशनसिपमा रहेर सनसनी मच्चाएकी थिइन् । कंगना अहिले बलिउडकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनको अहिलेसम्म ५ अफेयर्स रहेका छन् । अहिले सिंगल रहेकी कंगनाको नाम आदित्यपछि अध्ययन सुमन, अजय देवगन, निकोलस लेपर्टी र ऋतिक रोशनजस्ता व्यक्तिसँग पनि जोडिएको थियो । 

आलिया भट्ट

बलिउडकी सबैभन्दा चुलबुले अभिनेत्रीमा पर्दछिन् आलिया भट्ट । प्रेम रिलेसनसिपको कारणले पनि उनले निकै चर्चा बढुली सकेकी छन् ।  उनी पछिल्लो समय रणवीर कपुरका साथ रिलेसन सिपमा रहेकी छन् । यस अगाडि उनको नाम सिद्धार्थ मल्होत्रा, अर्जुन कपुर, क्वीन मितल, अली ददाकर र उनको साथी रमेश दुबेसँग पनि जोडिएको थियो । अहिलेसम्म ६ अफेयर उनको रहेको  छ ।

अनुष्का शर्मा

अनुष्का शर्मा अहिले क्रिकेटर विराट कोहलीकी पत्नी हुन् । तीन खानका साथ अभिनय गरेकी अनुष्काको विराट भन्दा पहिले रणवीर सिंह, शाहिद कपुर, अर्जुन कपुर, सरेश रैना, जोहेव युसुफ र रणवीर कपुरसँग पनि नाम जोडिएको थियो । उनको अहिलेसम्म ७ अफेयर्स बाहिर आएका छन् ।

प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म अभिनयको जादु छर्न सफल अभिनेत्री प्रियंकाले हलिउड गायक निक जोनससँग बिबाह गरेकी छन् । विवाह पहिले उनी धेरै जनासँगको रिलेसनसिपमा रहेकी थिइन् । असीम मर्चेन्ट, हरमन बवेजा, शाहिद कपुर, अक्षयकुमार, शाहरुख खान लगायत अन्य केही व्यक्तिसँग उनको नाम जोडिएको थियो । 

दीपिका पादुकोण

अहिले बलिउडकी सबैभन्दा महँगी तथा डिमान्डेट अभिनेत्री हुन् दीपिका । उनले गतबर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छन् । अहिलेसम्म उनको ९ जनासँगको अफेयर बाहिर आएको छ । उपेन पटेल, सिद्धार्थ माल्या, रणवीर कपुर, निहार पंड्य, मुज्जमिल इब्राहिम, एमएस धोनी, युवराज सिंह, रवि चौहान जस्ता व्यक्तिसँग उनको नाम जोडिसकेको छ । साभार रातोपाटी









2308876 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top