logo
22 Feb 2019   |   
स्वास्थ्य

चन्द्रपुर अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे मेसिन



स्वास्थ्य   48 पटक पढिएको   कलमपाटी     
रौतहट ४ फागुन रौतहटको चन्द्रपुर अस्पताल प्रालि ले अत्याधुनिक भिडियो एक्सरे मेशिन ल्याएको छ ।

चन्द्रपुर अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे मेसिन


प्रदेश नम्वर दुइ मा नै यस्तो भिडियो मेशिन अहिले सम्म चन्द्रपुर अस्पताल प्रालिमा मात्रै भएको अस्पतालको दावी छ । अत्याधुनिक प्रबिधीको फोर डी भिडियो एक्सरे मेशिन बाट सेवाग्रही लाइ सेवा दिन थालिएको चन्द्रपुर अस्पताल प्रालीले जनाएको छ । यो मेशिन ले बिशेषत गर्भवती महिलाहरु लाइ बढी लाभ पुग्ने छ । पेट भित्र बच्चा कस्तो अवस्थामा छ । बच्चाको अङ्गहरुको बिकास कस्तो छ भनेर पेट भित्रको बच्चाको रगिन चित्र स्क्रिनमा हेर्न सकिन्छ । बच्चाको मुटुको अवस्था समेत हेर्न सकिने चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवास कुमार चौधरीले जानकारी दिएका छन । बच्चा अपाङ्गता रहे, नरहेको समेत हेर्न सकिने छ । यो भिडियो एक्सरे बाट मध्य तराइका सेवाग्रहीहरु ले फाइदा लिन सक्ने अस्पतालले जनाएको छ । रौतहटमा निजी क्षेत्रमा खुलेको सुबिधा सम्पन्न चन्द्रपुर अस्पताल प्रालीमा बिभिन्न रोगका बिशेषज्ञहरु डाक्टरहरुले बिरामीहरुलाइ सेवा दिदै आएका छन ।









2492700 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top