logo
17 Jan 2019   |   
खेलकुद

सुपर कपको उपाधि युभेन्टसलाई, रोनाल्डोको निर्णायक गोल



खेलकुद   10 पटक पढिएको   कलमपाटी     
युभेन्टसले इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि उचालेको छ ।

सुपर कपको उपाधि युभेन्टसलाई, रोनाल्डोको निर्णायक गोल


बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । युभेन्टसले एसी मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले निणरयक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १-० ले जितेको हो ।

जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वाधिक आठौं पटक जितेको हो । एसी मिलानले सात पटक उपाधि जितेको छ । साभार अनलाईन खबर










2291813 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top