logo
22 Feb 2019   |   
खेलकुद

चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम १६ मा



खेलकुद   13 पटक पढिएको        
काठमाडौं १० फागुन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम १६ मा


बिहिबार राति भएको खेलमा चेल्सीले स्विडिस क्लब माल्मोलाई ३–० गोलले हरायो । चेल्सी समग्रमा ५–१ गोलले विजयी भयो । पहिलो लेगमा चेल्सी २–१ गोलले विजयी भएको थियो । आर्सनलले बेलारुसको बाते बोरिसोभलाई ३–० गोलले हरायो । आर्सनल समग्रमा ३–१ गोलले विजयी भयो । पहिलो लेगमा भने आर्सनल १–० गोलले पछि परेको थियो । चेल्सीको जितमा ५५ औं मिनेटमा ओलिभर गिरोडले पहिलो गोल गरे । ७३ औं मिनेटमा माल्मोका रास्मस बेङटासन दोहोरो पहेँलो ९रातो० कार्ड खाँदै बाहिरिएपछि माल्मो १० खेलाडीमा समेटिएको थियो । त्यसपछि चेल्सीले दुई गोल थपेको थियो । चेल्सीका रोस बार्केलीले ७४ औं र कलुम हट्सन ओडोइले ८४ औं मिनेटमा गोल गर्दै चेल्सीको जित सहज बनाए । यसैगरी आर्सनले खेलको चौथो मिनेटमै बातेका जाखर भोल्कोवको आत्मघागोल सहयोगमा अग्रता लियो । सकोदरन मुस्तफीले ३९ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा सोकराटिस पापस्ताथोपोलसले अर्को गोल थप्दै आर्सनलको जित पक्का बनाए । युरोपा लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम ३२ को अन्य खेलमा नापोलीले एफसी जुरिचलाई २–०, भ्यालेन्सियाले सेल्टिकलाई १–० र इन्टरले र्यापिड विनलाई ४–० गोलले पराजित गरेको छ । एजेन्सी









2492861 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top