logo
22 Feb 2019   |   
अर्थ / व्यापार

सशस्त्र प्रहरी रौतहट द्धारा लाखौ मुल्यका समान बरामद



अर्थ / व्यापार   34 पटक पढिएको   सनम राउत      
रौतहट ७ फागुन सशस्त्र प्रहरीले रौतहट जिल्लाका बिभिन्न स्थानहरु बाट लाखौ मुल्य बराबरको समानहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी रौतहट द्धारा लाखौ मुल्यका समान बरामद


मोटर साईकल १ थान, बिभिन्न किसिमका कस्मेटिक सामानहरु, लत्ताकपडा र सोफी मदिरा सहित ३१ लाख ५६ हजार ७० रुपया बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी ११ नम्वर गण रौतहटले जनाएको छ । यस्तै मंगलवार राजदेवी नगरपालिका ९ दशगजाबाट तयारी अवस्थामा रहेको करीव २७ हजार बरावरको फर्निचरहरु र कागजपत्र नभएको करीव १० लाख बराबरको टेक्टर बरामद गरेको सशस्त्र प्रहरीका उपरिक्षक कृष्ण ढकालले जनाएका छन । यसै गरी मंगलवार दिउसो बृन्दावन नगरपालिका ६ हर्षाहाबाट अबैध रुपमा चिरानको लागी ना १ त ६९९१ नम्बरको ट्याक्टरमा लैजादै गरेको सालको गोलिया सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको सक्रियताले जिल्लामा हुने गरेका अबैध चोरी निकासी तथा भन्सार छल्ली आउने सामानहरु बरामद भैरहेको छ । माघ महिनाको भन्सार कार्यालयको राजश्व असुली समेत लक्ष्य भन्दा ४२ दशमलव ५ ले बढी भएको छ । अबैध चोरी निकासी नियन्त्रणमा जो कसैको दबाब आयतापनी शुन्य सहनशीलताको नीति अपनाइएको सशस्त्र प्रहरी बल ११ गण रौतहटका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताएका छन ।









2492879 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top