समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

गाबिस सचिबको पदपुर्ति हुन्छ : एलडिओ बस्नेत - 2016-09-24
रौतहट ८ असोज जिल्ला विकास विकास समिती रौतहटका स्थानिय विकास अधिकारीे उमेश बस्नेतले गाविस सचिवहरुको संख्या बढाउने प्रयास भैरहेको जनाएका छन ।

मध्यरातमा रेडियो स्टेशन भत्काए पछि चौतर्फी बिरोध - 2016-09-23
काठमाण्डौ ७ असोज / मध्यरातमा धादिङ्गमा रहेको रेडियोको स्टेशन भत्किाए पछि सरकारको चौतर्फी आलोचना हुन थालेको छ । स्वतन्त्र संचार माध्यम माथी सरकारले निर्मम रुपमा आक्रमण गरेको भन्दै संचार सम्वद्ध संघसस्था तथा नेकपा एमाले लगाएत बिभिन्न पार्टीहरुले बिरोध गरेका छन ।

तराइ मधेशमा जितिया पर्व मनाउदै - 2016-09-23
कलपपाटी ७ असोज/ तराई मधेशमा महिलाहरुले शुक्रवार निष्ठापुबैक जितिया पर्व मनाइरहेका छन । विवाहित महिलाहरुले जोखिम, विपत र दुर्घटनाबाट छोराछोरीको दुर्घायू र रक्षाको कामना गर्दै ब्रत बस्ने चलन छ ।

स्मरण शक्ति बढाउदै बिधार्थी - 2016-09-23
रौतहट ७ असोज / सुघेर छामेर बिधार्थीले अक्षर चिन्ने र कुनै बस्तु को नाम भन्दा कतै जादु कला हो की भन्ने लाग्न सक्छ । तर त्यो जादु नभइ स्मरणशक्तिको बिकाशबाट बिधार्थीमा यस्तो क्षमता देखिएको हो ।

भारत लैजान लागेका तीन युवतीको उद्धार - 2016-09-23
जनकपुर ७ असोज / बेच्नका लागी तीन जना युवतीलाइ भारत लैजान लागेको आशकामा जनकपुमा प्रहरीले एक महिला लाइ पक्राउ गरेको छ । सोल्लुखुम्बु जिल्लाको याकु गाविस–७ की १९ वर्षकी निर्मला विक, उनकी बहिनी १८ वर्षकी शर्मिला विक र २१ वर्षकी गीता विकको उद्धार गरीएको छ ।

नेपालमा ६१ लाख गरिब - 2016-09-23
काठमाडौं ७ असोज / गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन ।

शसस्त्र प्रहरीका एआइजीहरुको सरुवा - 2016-09-22
काठमाण्डौ ६ असोज / मन्त्री परीषदको निर्णयले सशस्त्र प्रहरी बलका एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिंहबहादुर श्रेष्ठलाइ प्रशासनिक विभागमा सरुवा गरिएको छ भने शैलेन्द्र खनाललाइ मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ ।

सिचाइ मन्त्री गिरी अस्पताल भर्ना - 2016-09-22
काठमाण्डौ ६ असोज सिचाईं मन्त्री दीपक गिरी लाइ रक्तचाप बढेपछि अस्पताल भर्ना गरीएको छ । उन्को नर्भिक अस्पतालमा उपचार भैरहेको छ । मन्त्री गिरीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आएको अस्पतालले जनाएको छ ।

वोतल हानाहान गर्ने युवतीहरु पक्राउ - 2016-09-22
काठमाडौं ६ असोज प्रहरीले ललितपुर स्थित बालकुमारीमा रहेको एक डान्सबार बाट बुधबार राति ग्याङ्ग फाइट मा संलग्न युवतीहरु लाइ पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748637 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top