समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

ट्याङ्करको ठक्करबाट कलाकार विना थापाको मृत्यु - 2017-12-28
काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार विना थापाको मृत्यु भएको छ ।

अत्याधिक जाडोका कारण बाराको दलित बस्ती प्रभावित - 2017-12-28
केही दिनयता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् ।

श्रीमान-श्रीमती विवादमा घरमा आगो - 2017-12-28
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ।

जवरजस्ती करणी गर्ने एक पक्राउ - 2017-12-28
नुवाकोटको त्रिशूलीमा स्कुले छात्रालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं. १ त्रिशूली पूरानो बजारमा स्थानीय एक स्कुले बालिकालाई जवरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी कारवाहीको लागि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ।

महिला समुहको अनुगमन - 2017-12-26
रौतहट ११ पुस// वृन्दावन नगरपालिका वार्ड नम्बर ६ मा साहस नेपालद्वारा गठित समूह मा दुर्गा महिला स्वाबलम्बन समूहको अनुगमन गरिएको छ ।

नेपाल गुडविभको अध्यक्षमा कार्की - 2017-12-26
रौतहट ११ पुस// नेपाली गलैचा उद्योगलाइ बाल श्रम मुक्त बनाउने अभियानमा जुटेको अन्र्तराष्टिय स्तरको नेपाल गुडविभ फाउण्डेसनको अध्यक्षमा सपुत बहादुर कार्की सर्वसहमत रुपमा निर्वाचित भएका छन ।

शितलहर पिडित मुसहरलाइ सिरक तथा बिधार्थीलाइ सुइटर बितरण - 2017-12-25
रौतहट १० पुस // बाढी बाट पिडित रहेका रौतहटका मुसहरहरु यति बेला थप शितलहर बाट पिडित छन । सोही पिडालाइ कम गर्न मुसहरबस्तिमा एक सस्थाले सिरक बितरण गरेको छ ।

रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह - 2017-12-21
चन्द्रपुर ६ पुस रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडको बार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम पुस ७ गते चन्द्रनिगाहपुरमा भैरहेको छ ।

टोलटोलमा नाच्ने भालु, निकुन्ज पुग्यो - 2017-12-20
रौतहट ५ पुस// भालु नचाउने व्यक्तिहरुले बुधवार दुइवटा भालु प्रहरी लाय बुझाएका छन । उक्त भालु प्रहरीले जिल्ला बन कार्यालयलाय र बन कार्यालयले निकुन्जलाइ बुझाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747844 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top