समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

अत्याधुनिक सुविधा सहितको सघन स्वास्थ्य शिविर गौरमा - 2017-03-21
रौतहट, ८ चैत / स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनमा रौतहट सदरमुकाम गौरमा मंगलवार देखि साता व्यापी घुम्ती सघन स्वास्थ्य शिविर संचालन भएको छ ।

राजधानीका शालिकलाई माक्स !प्रदूषणका विरुद्ध युवाको अभियान - 2017-03-19
काठमाण्डौ ६ चैत्र/ राजधानीको चावहिलस्थीत पशुपति कलेजका केही विद्यार्थीले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् ।

फोहर मासु कहिले सम्म खाने ? - 2017-03-19
रौतहट ६ चैत्र/ पशुचौपाया तथा पक्षि काटेर मासु बिक्री गर्ने स्थानहरु फोहर हुदा उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर मासु खान बाध्य छन ।

गांउपालिका उद्घाटनमा प्रमुखलाइ पैसाको माला - 2017-03-17
कलमपाटी ४ चैत्र / कटहरीया गाउ पालिकाका प्रमुखको जिम्मेवारी पाएका राजदेव मुखियाले नोटको माला लगाए पछि विवादमा मुछिएका छन ।

अपहरण गरी रकम असुली गरेको आरोपमा दुइ जना सइ पक्राउ - 2017-03-16
काठमाण्डौ ३ चैत्र / अपहरणमा संलग्न भएको आरोपमा दुइ जना प्रहरी नायव निरिक्षक लाइ प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक सई लाई पक्राउ गरेको हो ।

पत्रकार उमा सिंहको हत्यारा लाइ जन्मकैद - 2017-03-16
जनकपुर ३ चैत्र / पत्रकार उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाइ उच्च अदालत जनकपुरले बुधबार सर्वस्व सहित जन्मकैदको सजाय हुने फैसला सुनाएको छ ।

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य - 2017-03-16
गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ ।

किर्तेगर्नेहरु संग ७० लाख धरौटी माग - 2017-03-14
रौतहट १ चैत/ सुकुम्वासी लाइ वितरण गरेको जमिन आफ्नो नाममा दर्ता गराउने दुईजनालाई अदालत ७० लाख धरौटी माग गरेको छ । सो धरौटी रकम बुझाउन नसकेपछि दुवै जना कारागार चलान भएका छन ।

प्रहरी कार्यालय नजिकै दुइवटा सुन पसलमा चोरी - 2017-03-14
सर्लाही १ चैत्र / सर्लाही सदरमुका मलगवामा प्रहरी कार्यालय नजिकै लाखौ मुल्य बराबरको सुन चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही देखि करीव एक सय मिटरमा रहेको दुइ वटा सुन पसलमा सोमवार राति सुनचादी चोरी भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748632 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top