समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

चोरीका सवारी साधन भटाभट नियन्त्रणमा - 2017-05-09
रौतहट २६ बैसाख/ रौतहटमा ट्राफिक प्रहरीले १० महिनामा ६ वटा जीप र ८ वटा कागजपत्र नभएका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

चितवन र उदयपुरमा चट्याङ लागेर तीन जनाको मृत्यू - 2017-05-09
चितवन मा एकजना र उदयपुरमा दुइजनाको चट्याङ लागेर मृत्यू भएको छ । स्थानीय तहको चुनावमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कालिका नगरपालिका–११ का सदस्य पदका उम्मेदवार ३८ वर्षिय सिफल चेपाङको चट्याङ लागेर मृत्यू भएको हो ।

चन्द्रपुरमा योग शिक्षक तालिम सम्पन्न - 2017-05-08
रौतहट २५ बैसाख/ पतन्जली योग समिती नेपालको ओयोजना रौतहटको चन्द्रनिगाहपुरमा संचालित योग प्रशिक्षक तालिम समापन भएको छ ।

सर्वोच्चको आदेशपछि प्रधानन्यायधिस कार्की काममा फर्किन - 2017-05-05
काठमाण्डौ २३ बैसाख/ सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नवढाउन र निलम्वित प्रधान न्यायधिस शुसिला कार्की लाइ काममा फर्कन आदेश दिएको छ ।

महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार - 2017-05-05
स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् र? यस विषयमा धेरैको चासो छ ।

आगलागी बाट लाखौको क्षेती - 2017-05-04
रौतहट २१ बैसाख /रौतहटको गजुरा गाउँपालिका–३ मा आगलागी हुदा एक घर जलेको छ ।

२० वटा मदीरा उत्पादन गर्ने भट्टी नष्ट - 2017-05-03
रौतहट २० बैसाख / रौतहट जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा मदिरा भट्टी संचालन भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ - 2017-05-03
कलमपाटी २० बैसाख / रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं १ र २ को संयुक्त जिम्मेवारी पाएका वडा सचिव र पियनलाइ अख्तियारको टोलीले पक्राउ गरेको छ ।

कटहरीया झाझपुल सडक कालोपत्रै हुदै - 2017-05-02
कलमपाटी १९ बैसाख / रौतहटको कटहरीयादेखि गौर सडको झाँझपुल सम्मको सडक कालोपत्रे हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748574 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top