समाज

वेश्यालय चलाउने वडाध्यक्षलाई धरौटीमा छाड्ने आदेश



समाज प्रकाशित मिति: कलमपाटी ८ माघ

काठमाडौं :
गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोपमा पक्राउ परेका नुवाकोटका एक वडाअध्यक्षलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा नुवाकोटको दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सय भन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका बेश्यालयहरुमा लगेर बिक्रि गरेको खुलेको थियो। एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा बेश्यालय चलाउदै आएको प्रहरी अधिकारीहरु बताउँछन्। 

बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन्। 

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो। 

तर, फरार रहदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनीविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए। 

बेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफ्नोविरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

२०५१ सालकै मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ। nepallive

हुलाक कार्यालय रौतहटका तात्कालिन प्रमुख सहित ३ जना अख्तियारको फन्दामा - 2017-07-19
जिल्ला हुलाक कार्यालय रौतहटका तीन जना कर्मचारी लाइ भष्टाचार गरेको आरोपमा कार्वाहीको लागी बिहेष अदालतमा मुद्धा दर्ता गरीएको छ ।

गौरको बरहवा तालको बेहाल - 2017-07-19
करोडौ रुपैंया खर्च गरेर सौर्दयकरण निर्माण गरिएको गौरको बरहवा ताल अहिले पुरानै अवस्थामा पुग्न थालेको छ । एक बर्ष अघि मात्रै ३ करोडको लागतमा नेपाली सेनाले निर्माण तथा सौन्दर्यीकरण गरिएको पर्यटकीय सँभावना बोकेको बरहवा ताल सम्बन्धीत निकायको वेवास्ताका कारण कुरुप बन्दै गएको छ ।

एसपी सिफारिस गरिएका दास निलम्बित - 2017-07-19
केही दिन अघि प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस भएका नायब उपरिक्षक(डीएसपी) सन्जिव शर्मा दास निलम्बनमा परेका छन् ।

महिलाहरु बाख्रापालन तर्फ आर्कषित - 2017-07-19
रौतहत ४ साउन/ रौतहटका उत्तरी क्षेत्रका महिलाहरु बाख्रा पालन तर्फ आर्कषित हुन थालेका छन ।

गोलीसहित दुईजना पक्राउ - 2017-07-19
पर्सा, ४ साउन/ पर्सा-भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बिधुतका कम्प्युटर अपरेटर २५ हजार घुस सहित पक्राउ - 2017-07-19
नेपाल विद्युत प्राधिकरण, बरहथवा सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर धर्मेन्द्र यादवलाइ अख्तियारले पक्राउ गरेको छ ।

चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्यु - 2017-07-19
४ साउन, विराटनगर/ मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।

बाइरोडको बाटो मा बस दुर्घटना दुइ को मृत्यू - 2017-07-18
मकवानपुर को त्रिभुवन राजपथको थाहा नगरपालिका १ खानीगाउमा मंगलवार वस दुर्घटनामा एक २ यात्रुको मृत्यु भएको छ भने ३९ घाइते भएका छन् ।

सरकारी सेवामा आरक्षण माग्दै डोम समुदायको भेला - 2017-07-18
सरकारी सेवामा आरक्षणको माग गर्दै दलित समुदायमा सबैभन्दा पछाडि परेका डोम समुदायले राजविराजमा सोमबार जिल्ला भेला गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



753685 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top