घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ

समाज

बाढी पिडीत विस्थापितले बेचे घर



समाज प्रकाशित मिति:

रौतहट //
२०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो ।

 झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।पीडितहरू राहत र बसोबासका लागि याचना गर्न थाले । उनीहरूले बासस्थानको माग गर्दै राजमार्गमा चक्काजामसमेत गरे । अन्तत: दातृ निकायले घर बनाइदियो । तर, केही वर्ष बसेर अहिले अधिकांशले अर्कैलाई बिक्री गरेका छन् ।

बाढीको बितण्डापछि सरकारको अनुरोधमा चीनको चुचिफाउन्डेशनले बाढीपीडितका लागि मंगलपुरमा पक्की घर बनाइदिएको थियो । झन्डै २० वर्ष यहीं बसेका उनीहरूले ५ वर्षयता धमाधम बिक्री गरेर गाउँ छाडेका छन् । स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेका हुन् । 

परिवारको लालनपालनमा समस्या परेको भन्दै बाढीपीडित हरेश्वर सहनीले १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचे । गत वर्ष नै गाउँ छाडेर उनी परिवारसहित अन्यत्र गएका छन् । बाढीले गढौको घर र १० कठ्ठा जमिन बगाएपछि सुुकुम्बासी बनेका सहनीले पुनर्वासमा पाएको पक्की घर बिक्री गरेका हुन् । ‘उनी कहाँ गए थाहा भएन । कसैलाई भनेका पनि छैनन्,’ स्थानीय शिवमंगल सहनीले भने, ‘धेरैजसोले सहयोगमा पाएको घर बिक्री गरेर गाउँ छाडेका छन् । केही पुरानै गाउँ फर्केका छन् । केही अन्यत्र गए ।’

मंगलपुरमा बागमती र गढौका गरी ३ सय घुरधुरीले पुनर्वासका लागि घर पाएका थिए । तर तीमध्ये आर्थिक अवस्थाका कारण आधा जसोले बिक्री गरेर हिँडिसकेको स्थानीय गोपाल तिमल्सिनाले जनाए । 
रोजगारीको अवस्था नभएपछि उनीहरू घर बिक्री गर्न बाध्य भएका हुन् । बाढीको विनाशपछि पीडितले स्थानीय प्रशासनमा धर्ना र राजमार्गमा चक्काजामसमेत गरेका थिए । सरकारको आग्रहमा चिनियाँ संस्था चुचिले घर बनाएर पुनर्बास गरायो । त्यसबेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियो । सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले धमाधम घर बेचेर अन्यत्र जान बाध्य भएको पीडित सिंगेश्वर सहनीले बताए । उनले समेत श्रीमतीको उपचारका लागि भन्दै ६० हजारमा स्थानीय कर्ण भण्डारीलाई घर बिक्री गरेका छन् । 

बासका लागि पाएको घरको लालपुर्जा नभएपछि खरिद गर्नेहरूले पीडितसँग दोब्बरको बिक्रीनामा कागज बनाएका छन् । केही पीडितको घर त्यतिकै खाली अलपत्र परेको छ । उनीहरूको गढौ र मंगलपुर दुबै स्थानमा घर छ । त्यसैले मंगलपुरको घरमा कोही नबसेको स्थानीय अर्चन सहनीले बताए । ‘गढौको भन्दा पिप्राराजवडाका मानिसले घर बेचेका छन,’ उनले भने, ‘भरपर्दो रोजगारी छैन । त्यही भएर सबै जसोले बेचेर पुरानै गाउँ फर्केका छन् ।’ बस्तीमा पिप्राराजवडाका केही बाढीपीडित समेत बसेका छन् । 

विस्थापितहरू अधिकांश बागमती नदीको किनारमा गिटी ढुंगा संकलन गर्न जान्छन् । लामो समयदेखि उनीहरू यही पेसामा छन् । पुरुष माछा मार्न नदीमा जान्छन् । ‘बागमतीको बगरकै भर पर्नुपर्छ’, स्थानीय सुनिता सहनी भन्छिन्, ‘हाम्रो जीवन यही बगरले धानेको छ । रोजगारी छैन । अन्य काम गर्न पढेको छैन । गिटी चालेर जीवन चलाउनुको विकल्प छैन ।’ 

साभार : इकान्तिपुर डटकम 

दिनमा दुई घण्टा मात्रै खुल्ने सरकारी कार्यालय ! - 2018-03-13
वीरगञ्ज : दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यहाँ यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अंगका रुपमा रहेको छ -अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी कार्यालय बिहान १० देखि अपराह्न १२ बजेसम्मका लागि मात्र खुल्ने गरेका छन् ।

वीरगञ्ज चिनी र कृषि औजार कारखाना सञ्चालन गर्न माग - 2018-03-13
वीरगञ्ज : वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गर्दै किसानहरुले प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । किसान हकहित संर्घष समिति पर्साले मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई ज्ञापन पत्र बुझाएको हो ।

विमान दुर्घटनामा ज्यान गुमाएका सबै ४९ जनाको शब डिएनए परीक्षण गरेर परिवारलाई बुझाइँदै - 2018-03-13
काठमाडौं: सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।

मेयर चौधरीमाथि गोली प्रहारको बिरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध - 2018-03-13
डोटी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड मंगलबार बिहानैबाट अबरुद्ध गरेका छन् ।

दिशा मोडेपछि असाधारण अवतरण गर्दा भएको थियो विमान दुर्घटना - 2018-03-13
काठमाडौँः नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले युएस बंगला विमान दुर्घटना भएको खुलेको छ। क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन।

महर्जन परिवार, छोरीको अनुहार हेर्न रातभर अस्पताल भौंतारिइरह्यो - 2018-03-13
काठमाडौं : ललितपुरस्थित लुभू–८ का राजकुमार महर्जनले आफ्नी छोरीलाई डाक्टर बनाउन ५ वर्षअगाडि बंगलादेश पठाएका थिए। उनी छोरीको पढाइलाई लिएर औधी खुसी पनि थिए।

मेयर चौधरीमाथि गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ - 2018-03-13
काठमाडौँ: कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बंगला विमान दुर्घटनाः एमबीबीएस पढेर नेपाल फर्किएका ११ विद्यार्थीको मृत्यु, २ घाइते - 2018-03-13
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् ।

फेरी रौतहटमा एक किशोरी बलात्कृत - 2018-03-12
चन्द्रपुर २८ फागुन // रौतहटमा फागुन महिनामा मात्रै तीन जना किशोरी बलात्कार भएको घटनाको उजुरी दर्ता भएको छ । सोमवार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सर्लार्ही लालबन्दी १६ का १७ वर्षीय संजय बिक पक्राउ परेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 NEXT

English News



1154287 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top