घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ

समाज

फोहोर नदीमा, लिजको जग्गा व्यर्थै



समाज प्रकाशित मिति:

जनकपुरधाम :
ल्यान्डफिल साइट बनाउनका लागि जनकपुर उपमहानगरपालिकाले जग्गा लिजमा लिइसके पनि फोहोर भने धार्मिक महŒवका नदीमा थुपार्ने काम भइरहेको छ । जनकपुर–२३ विन्धी टोल बेला भएर बग्ने दूधमती नदी फोहोरमैलाको अव्यवस्थित विसर्जनका कारण प्रदूषित हुनुका साथै थुनिन पुगेको छ ।

ल्यान्डफिल साइट व्यवस्थापनमा चासो नदेखाएका मेयर लालकिशोर साहको निर्देशनमा सफाइ कर्मचारीले नगरभरिको फोहोर उठाएर नदी किनारस्थित तीन बिघा क्षेत्रफलको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि फोहोर थुपारिन थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले वडाध्यक्ष शत्रुधन पाण्डेलाई घेराउ गरी जथाभावी फोहोर फाल्ने कार्य रोक्न र शमसानघाट सफा गराउन दबाब दिएका थिए । वडाध्यक्ष पाण्डेले असार २६ गते यथाशीघ्र श्मसानघाटको फोहोर हटाउने सम्झौतामा हस्ताक्षरसमेत गरेका थिए । तर, फोहोर उठाए पनि नजिकै बग्ने दूधमती नदीको मुहानमा थुपारिएपछि स्थानीयले आक्रोश जनाएका छन् ।

साउन महिनामा यो नदीमा नुहाएर महादेवस्थानमा जल चढाउन सयौं श्रद्धालु आउने गर्छन् । तर, फोहोरका कारण नदी गनाउन थालेपछि यो वर्ष साउने मेला प्रभावित हुने स्थानीय लक्ष्मी सहनी बताउँछन् । दूधमतीको महŒव रामायण र माता सीताको जन्मसँग जोडिएकाले सरसफाइका लागि स्थानीय बुद्धिजीवीले अभियान सञ्चालन गरिरहेका छन् । तर, मेयर साह र वडाध्यक्ष पाण्डेको मिलेमतोमा नदी प्रदूषण गर्ने काम भएपछि विरोध गरिएको गौं संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए । ‘यस्तो क्रियाकलाप नगर्न अनुरोध गर्दा मेयर साहले मलाई ज्यान मार्ने धम्की नै दिएका छन्’, उनले भने ।

देवस्थल वा श्मसानघाटमा फोहोर फाल्नु उचित नरहेको वडाध्यक्ष पाण्डेले स्वीकार गरे । ‘त्यहाँबाट फोहोर हटाउन उपमहानगरपालिकालाई पत्र पठाइसकेको छु’, उनले भने । दूधमतीको मुहान असली नदीको मुहान नरहेको जिकिर गर्दै उनले यो स्थानीयले सिँचाइका लागि प्रयोग गर्ने पानी रहेको बताए । स्थानीयकै सहयोगका लागि त्यसमा फोहोर थुपारेर बाटो बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनका लागि एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल साइट बनाउन २०७३ साल फागुन २० गते उपमहानगरपालिका र केन्द्रीय गुठी संस्थानबीच सम्झौता भई जग्गासमेत उपलब्ध भइसकेको छ । सम्झौताअनुसार धनुषाको प्रको महुवा भोइलमा १२ बिघा १० कट्ठा १६ धुर जग्गा २० वर्षका लागि लिजमा लिइएको छ । यो जग्गामा ल्यान्डफिल साइट निर्माण गर्न आयोजनाबाट ४८ करोड रकमसमेत छुट्याइएको जनाइएको छ ।

सम्झौताअनुरूप उपमहानगरपालिकाले जग्गाको उपयोग गरेबापत वार्षिक ४ लाख ५ हजार रुपैयाँका दरले संस्थानलाई भाडा बुझाउँदै आएको छ । तर, ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरपालिकाले पहल नगरेको जनाइएको छ । ल्यान्डफिल साइट बने फोहोरमैला व्यवस्थापनका नाममा उपमहानगरपालिकाबाट हुने अनियमितता र भ्रष्टाचारको बाटो बन्द हुने भएकाले त्यसतर्फ ध्यान नदिइएको सरोकारवालाको जिकिर छ । साभार अन्नपुर्ण
प्रहरी निरिक्षक द्धारा ट्रक चालक लाई कुटिए - 2018-04-06
रौतहट २२ चैत्र // मदिरामा लठिएका प्रहरी निरीक्षक सहितको टोलिले आज सर्लाहीको नवलपुर बजारमा एक जना ट्रक चालक लाई निर्घात कुटपिट गरेका छन ।

भारतबाट चोरीका गाडी भित्रिँदै - 2018-04-05
रौतहट : खुला सीमाका कारण भारतबाट चोरीका गाडी भित्रिने क्रम बढेको छ । नक्कली कागजका भरमा भन्सार राजस्व तिरेर त्यस्ता गाडी सहजै नेपाल ल्याइने गरिएको छ ।

चार महिनादेखि सप्तरीका १३ वर्षीय बालक बेपत्ता - 2018-04-05
राजविराज : विगत ४ महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन्।

प्रधानमन्त्री ओली भारतबाट फर्किएलगतै चीन जाने - 2018-04-05
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । र, भारतबाट र्फकनासाथ उनी चीन जाने भएका छन् ।

धनुषाधाममा बम विस्फोट - 2018-04-05
जनकपुरधाम : धनुषाधाम नगरपालिका ९ मा बम बिस्फोट हुँदा एक महिला घाइते भएकी छन् । विस्फोटमा परी धनुषाधाम नगरपालिका ९ की अन्दाजी ७० वर्षीया तिर्थमाया तामाङ घाइते भएकी हुन् ।

पर्यटन मन्त्रालयका उप-सचिव मृत अवस्थामा फेला - 2018-04-04
भैरहवा पाँच नम्बर प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयका उप-सचिव विष्णुहरी आचार्य मृत अवस्थामा फेला परेका छन्।मृतक अर्यालले 'सुसाईड नोट' लेखेर भैरहवास्थित सरकारी निवासमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी हुने गरेको खुलासा - 2018-04-04
काठमाडौं : टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको अवैध समानसहितको टुरिष्ट बसमा ११ केजी रक्तचन्दन भेटिएसँगै रक्तचन्दन तस्करीको यो शैली सार्वजनिक भएको हो ।

महोत्तरीमा महिलाको हत्या, तीन जना पक्राउ - 2018-04-04
बर्दिवास : जिल्ला प्रहरी कार्यालय महोत्तरीले महिलामाथि हुने हिंसाको घटना न्युनिकरण गर्न ३ महिने कार्ययोजना बनाएको १२ घण्टा नपुग्दै महोत्तरीको मटिहानी नगरपालिका ४ मा एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सूचना टाँस गर्न गएका कर्मचारीले असुले सर्वसाधारणसँग रकम - 2018-04-04
सप्तरी : ‘तपाईंको जग्गा हो कि होइन् ?’ भन्दै दावी गर्न लगाएर सर्वसाधारणसँग रकम माग गरिएको छ । र, सर्वसाधारणले तिरेका पनि छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1267242 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top