समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते - 2017-08-07
पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् ।

ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीलाई गोली लाग्यो - 2017-08-07
ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जना गम्भीर घाइते भएका छन् ।

गाडीको ठक्करबाट एकको मृत्यु - 2017-08-07
नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

स्क्रब टाइफसबाट मृत्यु, जिल्लामा स्वाइनफ्लुका १०० बिरामी भेटियो - 2017-08-07
चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।

सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु - 2017-08-07
मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा आइतबारराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राति १० बजे करेन्ट लागेर ३२ वर्षीय प्रकाश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।

दुईजना निरीक्षक निष्कासित - 2017-08-05
माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ।

डुबेर बेपत्ता दुई मृत अवस्थामा फेला - 2017-08-05
नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना आज मृत अवस्थामा फेला परेका छन् ।

खिम्तीका बाढीपीडितलाई पिरलो हामी कहाँ बस्ने - 2017-08-05
काठमाडौं स् रामेछापको लिखु गाउँपालिका(६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तैु छन्

डोटीमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु - 2017-08-05
डोटी स् बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा नौजनाको घटनास्थमा मृत्यु भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748625 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top