समाज

वेश्यालय चलाउने वडाध्यक्षलाई धरौटीमा छाड्ने आदेश



समाज प्रकाशित मिति: कलमपाटी ८ माघ

काठमाडौं :
गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोपमा पक्राउ परेका नुवाकोटका एक वडाअध्यक्षलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा नुवाकोटको दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सय भन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका बेश्यालयहरुमा लगेर बिक्रि गरेको खुलेको थियो। एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा बेश्यालय चलाउदै आएको प्रहरी अधिकारीहरु बताउँछन्। 

बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन्। 

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो। 

तर, फरार रहदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनीविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए। 

बेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफ्नोविरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

२०५१ सालकै मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ। nepallive

सन्तपुरको नमुना बस्तीको लागी साउदी अरवबाट जुट्यो ५१ लाख, अझै २ करोड ९४ लाख अभाव - 2017-11-25
पारिवारीक समाज नेपाल र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा गत नोभेम्बर १७ तारिखमा भएको कार्यक्रममा ५१ लाख रुपैया सहयोग भएको छ ।

घर भित्र हराइरहेका महिलाहरु पछिल्लो समयमा चुुनाव प्रचार अभियानमा सकृय हुदै - 2017-11-23
रौतहट ७ मंसीर // हिजोको दिनहरुमा धुम्टो ओडेर घर भित्र दिन बिताउने महिलाहरु अहिले चुनाव प्रचारप्रसारमा खुलेर सडकमा निस्कन थालेका छन ।

खानेपानी र विजुलीको समस्या समाधान गरिने छ : पोखरेल - 2017-11-22
चितवन ६ मंसिर // नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कृष्णभक्त पोखरेलले पहाडी क्षेत्रमा खानेपानी र विजुली सेवा नपुगेको स्थानमा पु¥याउनका लागि आफ्नो भूमिका हुने बताएका छन ।

चन्द्रपुरमा बिहान अवेर सम्म बाक्लो हुस्सु - 2017-11-22
रौतहट ६ मंसीर चन्द्रपुरमा बिहान अवेर सम्म बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सगै जाडो बढेको स्थानियले अनुभव गर्न थालेका छन ।

ओली र नेपालले भने बम बिस्फोटनका घाइतेको उपचारमा कमी नहोस - 2017-11-22
चितवन ६ मंसीर नेकपा एमालेका अध्यक्ष तथा बरिष्ठ नेताले रौतहटको चन्द्रपुरमा भएको बम बिस्फोटनमा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका छन ।

चन्द्रपुर मा भएको बम बिस्फोटनका घाइते को अवस्था बुझ्न प्रचण्ड अस्पतालमा - 2017-11-21
चितवन ५ मंसीर// माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रौतहटमा बम बिस्फोटनमा परेर घाइतेभएकाहरु को उपचार अवस्था बुझेका छन ।

नेकपाका ३४ कार्यकर्ता पक्राउ - 2017-11-21
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का ३४ जना कार्यकर्ता पक्राउ परेका छन् ।

हृदयाघातका कारण जनवादी गायक खुसीराम पाख्रिनको निधन - 2017-11-21
जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ। मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुँदैगर्दा अचेत भएका पाख्रिनको उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो।

५० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ - 2017-11-21
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक हरिहर सुनारलाई ५० हजार घुससहित पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



753682 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top