समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

मतदानको दिन सवारी चलाउने पास लिन तालिका सार्वजनिक - 2017-11-26
रौतहट १० मंसीर // प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन को मतदानको दिन मंसिर २१ गते सबारी साधन संचालन का लागी अनुमती पास लिने तालिका सार्वजनिक भएको छ ।

१० बजेसम्म २५ प्रतिशत मत खस्यो - 2017-11-26
पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार - 2017-11-26
भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् ।

रोल्पा, बाग्लुङ बझाङ र गोरखामा बम फेला - 2017-11-26
प्रतिनिधि सभा र प्रदेश सभाअन्र्तगत पहिलो चरणको निर्वाचनका दिन गोरखा, बाग्लुङ, रोल्पा, बझाङ लगायतका जिल्लामा बम विस्फोट भएका छन् ।

वाम र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि बाजुरामा हवाई फायर - 2017-11-26
निर्वाचनका क्रममा बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यू - 2017-11-25
रौतहट ९ मंसिर // पछिल्ला दिनहरुमा रौतहटको राजमार्गहरुमा दुर्घटनाहरु बढेका छन । बिहीवार राति र शुक्रवार मात्रै तीन जनाको ज्यान गएको छ ।

सन्तपुरको नमुना बस्तीको लागी साउदी अरवबाट जुट्यो ५१ लाख, अझै २ करोड ९४ लाख अभाव - 2017-11-25
पारिवारीक समाज नेपाल र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा गत नोभेम्बर १७ तारिखमा भएको कार्यक्रममा ५१ लाख रुपैया सहयोग भएको छ ।

घर भित्र हराइरहेका महिलाहरु पछिल्लो समयमा चुुनाव प्रचार अभियानमा सकृय हुदै - 2017-11-23
रौतहट ७ मंसीर // हिजोको दिनहरुमा धुम्टो ओडेर घर भित्र दिन बिताउने महिलाहरु अहिले चुनाव प्रचारप्रसारमा खुलेर सडकमा निस्कन थालेका छन ।

खानेपानी र विजुलीको समस्या समाधान गरिने छ : पोखरेल - 2017-11-22
चितवन ६ मंसिर // नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कृष्णभक्त पोखरेलले पहाडी क्षेत्रमा खानेपानी र विजुली सेवा नपुगेको स्थानमा पु¥याउनका लागि आफ्नो भूमिका हुने बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748541 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top