समाज

काचो सालको रुख काटेर तस्करी



समाज प्रकाशित मिति: कलमपाटी

चन्द्रपुर १३ जेठ //
जिल्ला वन कार्यालय रौतहट अन्र्तगतको चन्द्रनिगाहपुर इलाका बन क्षेत्रमा काचो सालको रुखहरु काटीउको छ । दर्जनौ सालको काचो रुख एउटै स्थानमा काटिएको भएपनि बन कर्मचारीहरुले पत्तो पाएका थिएनन ।


केही कर्मचारीको संलग्नतामा ईलाका वन कार्यालय चन्द्रनिगाहपुरको बनक्षेत्रबाट एकमहिना  नै सालका काचो रुख काटीएको बताइएको छ ।  एउटै स्थानमा १५ वटा सम्म रुख काटीएको छ ।

मैढा जाने बाटोको लमाहा खोला नजिकै नहर निस्कने फायरलाईनको बाटो नजिकै  रुख काटिएको हो । तस्करले काचो रुख ढालेर राम्रो काठहरु लगेका छन भने नराम्रो काठहरु र दाउराहरु जंगलमा नै छाडेको भेटीएको छ ।

तस्करले काठ लगेपनि बाकी रहेको काठहरु बन कर्मचारीहरुले उठाउने गरेका छैनन ।  उक्त इलाका बन कार्यालयका सहायक वनअधिकृत  र एक जना फरेष्टरले तस्कर संग मिलेर रुख कटाएको आरोप छ ।

तर उनीहरुले आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन ।

काटीएको बन क्षेत्र कार्यालय भन्दा टाढा रहेकोले काठ तस्करी भएको हुन सक्ने बन कर्मचारीहरुले  बताएका छन ।

रौतहटका डिएफओ दिर्घनारायण कोईरालाले रुखहरु काटीएको बिषयमा आफुलाइ जानकारी नआएको बताउदै सो क्षेत्रमा के भएको हो बुझ्न कर्मचारीहरु पठाउने बताएका छन ।

फोटो ः रौतहटको बन क्षेत्रमा तस्करले काटेर अलपत्र छाडेको  काचो सालको रुख । 


​खाल्डोमा डुबेर पाँच बर्षीय बालकको मृत्यु - 2017-07-14
सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ

इटहरीमा आगलागी - 2017-07-14
काठमाणडौ ३० असार / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको पश्चिम लाईनमा रहेको बिराट आयुर्वेद र बालाजी मार्वल एन्ड सेनेटरीमा गएराती आगलागी भएको छ ।

डसनाभित्र लुकाएको लागुऔषधसहित एक जना पक्राउ - 2017-07-14
रौतहट ३० असार प्रहरीले ९६२ एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित रौतहटको गौर नगरपालिका(३ बस्ने अमित कुमारलाई पक्राउ गरेको हो ।

रोकिएन जथाभावी सुर्तिजन्य पदार्थको विक्रि - 2017-07-14
चन्द्रनिगाहपुर,३० असार / नेपाल सरकारले सुर्तीजन्य पदार्थको बिक्री बितरणमा कडाई गर्न भन्दै ल्याएको नियम रौतहटमा प्रभाबकारी हुन सकेको छैन ।

व्यवस्थापिका संसदमा रेकर्डः मुख्यसचिव सोमलाल दलाल हुन् - 2017-07-13
मुख्यसचिव पदबाट राजीनामा नदिई एडीबीको जागिर खान विदेशिने निर्णयमा पुगेका डा

कर फर्स्यौट आयोगका पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय - 2017-07-13
निर्णय अनुसार आरोप पत्र केही बेरमा विशेष अदालतमा दर्ता हुँदै छ

युर्निभर्सल र नेशनल मेडिकल कलेजले सरकारको निर्देशन टेरेनन - 2017-07-13
काठमाणडौ २९ असार निर्देशन कार्यान्वयन नभए कलेजको सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी थियो

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : - 2017-07-13
असार २९, काठमाणडौ कक्षा १२ को परीक्षा सकिनेबित्तिकै बाग बजार, पुतलीसडक र बानेश्वर क्षेत्रमा १७, १८ वर्षका नानीहरूको लर्को सुरु हुन्छ ।

बर्षातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या - 2017-07-13
दुनै(डोल्पा) २९ असार डोल्पाको एक बिद्यालयमा अविरल रुपमा परेको बर्षातले खेलमैदान लगायतको संरचनामा क्षती पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1090646 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top