परोपकारी सस्था द्धारा रौतहटको एक बिधालयको भौतिक सुधार

समाज

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने



समाज प्रकाशित मिति:

अमलेखगन्ज :
रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।


राजपथको पश्चिमतर्फ घना जंगल छ । निकुञ्जको यो वन क्षेत्रमा सालका रूखको प्रचुरता छ । वन्यजन्तुका दृष्टिले पनि संवेदनशील यो क्षेत्र निकुञ्जको रैथाने जंगली हात्तीको बासस्थान हो । हात्ती लगायत अन्य वन्यजन्तु यस क्षेत्रमा ओहोरदोहोर गरिरहन्छन् ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार विगतमा २३ हजार वटासम्म निकुञ्जको रूख काट्नुपर्ने प्रारम्भिक सर्भेले देखाएको थियो । त्यसलाई न्यूनीकरण गरी सक्दो कम काट्ने तयारी गरिएको छ । हाल रूख काटने अनुमतिको प्रक्रिया मन्त्रालय स्तरमा रहेको र आफूले पाएको जानकारीअनुसार त्यो प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।

वर्षाकै बीच पनि परियोजनाको काम भने जारी रहेको पौड्यालले बताए । नेपालतर्फ १७ किमिभन्दा केही बढी पाइप ओछ्याइसकिएको उनले जानकारी दिए । भारततर्फ नेपालभन्दा दु्रत गतिमा काम हँुदै गरेकाले त्यहाँ करिब २५ किमि पाइप ओछ्याइसकिएको छ ।

नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि अमलेखगन्जस्थित आयल निगमको डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेछ । हालसम्म पथलैया काँटादेखि सिमरा हुँदै जीतपुरसम्म, वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हुँदै अमलेगन्जसम्म पाइप लाइनको काम पूर्णरूपले बाँकी छ । वर्षाले गर्दा काम सुस्त गतिमा भए पनि सन्तोषजनक रूपमै काम भएको उनले बताए । यो परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । यता रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइप लाइन ओछ्याइँदै छ । परियोजनाको लागत प्रति किमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले कुल लागत झन्डै ३ सय ५० करोड भारु हुनेछ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान उपलब्ध गराउने र वीरगन्जका केही स्थानमा मुआब्जा वितरणको काममा मात्रै खर्च गर्नेछ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइपलाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । परियोजनामा भारत महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिँदैछ । अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ ।

भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपबाट भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ, जसमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ । साभार कान्तिपुर

रिलायन्स सुगर मिलमा ठूलो आगलागी - 2018-07-23
वीरगञ्ज : बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा आगलागी भएको छ । सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु - 2018-07-23
वीरगञ्ज : जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

एक महिनादेखि थुप्रिएको उपत्यकाको फोहर उठ्न थाल्यो - 2018-07-23
काठमाडौँ: करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो ।

सिरहाका किसानले पाएनन् डीएपी मल - 2018-07-23
लहान : किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ ।

नुनथर मन्दीर नजिकै बागमती नदीमा डुवेर दुइजना वेपत्ता - 2018-07-22
रौतहट ६ साउन// रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित नुनथर मन्दीर नजिकै बागमती नदिमा पौडी खेल्न दुइजना युवाहरु आइतवार दिउसो बेपत्ता भएका छन ।

२८ दिन पछि गौरको धर्ना स्थगित - 2018-07-22
रौतहट ६ साउन// गौर राइसमिलको जग्गा भूमाफियाहरुले खरिद विक्रिको प्रयास गरेको विरोधमा २८ दिन देखी धर्ना बसेका संघर्ष समिति र प्रदेश सरकारको वार्ता आइतवार सम्पन्न भएको छ ।

घर हिँडेका यूवामाथि गोली प्रहार - 2018-07-21
सिरहाः सिरहाको धनगढीमाई १३ भर्लेनीमा गोली लागि एक युवक घाइते भएका छन ।

किताबको नाममा गाँजा तस्करी - 2018-07-21
वीरगञ्ज : सुरक्षाकर्मीले कडाइ गर्न थालेपछि तस्करहरुले नयाँ शैली अपनाएर गाँजाको तस्करी गर्न थालेका छन् । किताब भनेर गाँजा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई पर्साबाट पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

स्कारपिओ जीप र कन्टेनर ठेक्किदा एकजनाको मृत्यू - 2018-07-20
रौतहट // रौतहटका पुर्व पस्चिम राजमार्ग अन्र्तगत लमाहा जंगलमा जीप र कन्टेनर ठोक्दिा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1361900 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top