महिनौ सम्म सुतेको सुत्यै !

अनौठो संसार

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड



अनौठो संसार प्रकाशित मिति:

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् ।

तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ ।

नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– Shivade, I am Sorry !!

सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ ।

घटनालाई लिएर कौतुहुलता छाइरहेका बेला मनोवैज्ञानिकहरुले मानसिक समस्याका कारण खेडेकरले यस्तो गरेको हुनसक्ने लख काटेका छन् ।

शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालार्इ गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेकाे जनाएकाे छ ।

समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ ।

बीबीसी

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड - 2018-08-21
प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् ।

२० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर ! - 2018-07-31
अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् ।

चिडियाखानामा पर्यटक बढाउन गधालाई बनाइयो जेब्रा, ठूलो कान देखेर यसरी भयो पर्दाफास - 2018-07-29
मिश्रको राजधानी काहिरामा एक चिडियाघरका कर्मचरीले पर्यटकको संख्या बढाउनका लागि गधालाई कालो–सेतो पेन्ट गरेर जेब्रा बनाएका छन् । यद्यपी, एक छात्रले यसबारे थाहा पाएपछि उनले गधाको फोटो सोसल मिडियामा पोष्ट गरिदिए । त्यसपछि चिडियाघर प्रशासनको अत्यधिक मजाक उडाइएको छ ।

अब मैदानमा नेमार लड्दा सित्तैमा रक्सी - 2018-06-26
विश्वका सबैभन्दा महंगा फुटबलर नेमारले जारी विश्वकपमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् र अनावश्यक रुपमा आवश्यकता भन्दा बढी लडिरहेको अर्थात् डाइभ हानिरहेको भनी उनको आलोचना भइरहेको छ ।

छोरा १० कक्षा फेलः बुवाले दिए भव्य पार्टी - 2018-05-24
भारतको मध्यप्रदेशको सागर नामको एक गाउँका मानिस त्यतिबेला चकित परे जब एक व्यक्तिले छोरा १० कक्षा फेल भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना गरे ।

पोर्न फिल्म हेर्दाहेर्दै युुवकले काटे आफ्नै यौनांग - 2018-05-23
थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ ।

आफ्नै जिब्रो काटेर मन्दिरमा चढाइन् यी महिलाले - 2018-05-21
हिन्दु धर्मग्रन्धमा एकलब्यले गुरु द्रोणाचार्यलाई आफ्नो औँला काटेर गुरु दक्षिणा दिएको त सुनिएको थियो । तर एकलब्यलाई पछि पार्दै भारतकी एक महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाएकी छिन् ।

एयरहोस्टेजलाई पोर्न फिल्मको लत बसेपछि… - 2018-04-22
बेलायतमा एक जना एयरहोस्टेजलाई पोर्न फिल्मको नशा यति धेरै चढ्यो कि उनले हुँदाखाँदाको जागिर नै छाडेकी छन् ।

'निर जहिले रिसाउने' गित मा उट नाचे पछि दर्शक दंग ! - 2018-03-18
रौतहट ४ चैत्र

1 2 3 4 5 NEXT

English News



1381233 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top