logo
16 Dec 2018   |   
समाज

बलात्कार आरोपी पक्राउ



समाज   28 पटक पढिएको   कलमपाटी     
राजविराज २९ मङि्सर । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलाका ४५ वर्षीय गजिया भनिने गजेन्द्र रायलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

बलात्कार आरोपी पक्राउ


सप्तकोशी बाँध छेउको झुप्रो घर आरोपितहरुले भत्काएपछि सो रुग्न बसेकी पीडितलाई आरोपितसहित चार जनाले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत कात्तिक ६ गते उजुरी दिएकी थिइन्। मुखमा रुमाल बाँधेर नजिकैकौ खेतमा लगी बलात्कार गरेको उजुरीपछि प्रहरीले सोही दिन राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो। 

जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको थियो। पक्राउ परेका आरोपितले दिउँसो घरजग्गाको विषयमा भएको झै–झगडा र विवादका कारण महिलाले झुठा उजुरी दिएको बताए। बुवा–छोरा, काका–भतिजा मिलेर बलात्कार गर्ने कुरा कल्पनै गर्न नसकिने विषय भएको भन्दै आरोपितले झुठा उजुरी गर्नेलाई कारवाही गर्न माग गरे। साभार अन्नपुर्ण










2146317 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top