logo
21 Jan 2019   |   
समाज

९ जुवाडे पक्राउ



समाज   पटक पढिएको   कलमपाटी     
जुम्ला ७ माघ । चन्दननाथ नगरपालिका-४ भारतिबाडास्थित एक घरमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।



४३ वर्षीय स्थानीय हर्कबहादुर बाँनियाको घरमा उनीहरु दिउँसै जुवा तास खेलिरहेका थिए। प्रहरी नायब निरीक्षक सरोज कुमार गुप्ताको कमाण्डमा गएको ७ जना प्रहरीको टोलीले घरधनी हर्कबहादुर बाँनियासहित ९ जनालाई नै नियन्त्रणमा लिएको हो।

खानतलासी गर्दा जुवाखालबाट प्रहरीले १९ हजार ३ सय ४५ रुपैयाँ नगद, तास र क्यारेमबोर्डमा प्रयोग गरिने ६ थान गोटीहरु बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। साभार अन्नपुर्ण










2301298 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top